जनकपुरको नवजीवन अस्पतालको बदमासी, अप्रेशन गर्दा घुँडाभित्रै कपडा छाडेर लगाईदिए टाँका
‘क्लिनिकमा अप्रेशन चार्जवारे सोधेपछि डा. मुकुन्द झाले मिलाएर भइहाल्छ, धेरै पर्दैन भन्नुभएको थियो भनेर मैले उहाँसँग कुरा गर्ने प्रयास गरेँ । उहाँले मोबाइल बन्द गरेर अस्पताल आउनै छोड्नुभयो । अस्पताल प्रशासनसँग पनि कुरा गराइदिन भन्दा सम्पर्कमा नरहेको भन्न थाल्यो ।’ सन्तोषले मधेशदृष्टिसँग भने, ‘अन्त्यमा सबै चार्ज जोडेर ७५ हजार रुपैयाँ तिरेपछि नवजीवन अस्पतालबाट डिस्चार्ज भएर भाई घर आयो ।’

२०८० भदौ १८ सोमबार, बिहान ७:५२ बजे३ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामस्थित नवजीवन अस्पतालमा पैसाकै लागि अक्षम्य लापरबाही गरेको देखिएको छ । अर्थो सर्जनले हेर्नुपर्ने बिरामीलाई अर्कै विभागको अध्ययन गरेका डाक्टरसँग शल्यक्रिया गर्न लगाएपछि नवजीवन अस्पतालको बदमासी बाहिरिएको हो ।
जनकपुरधाम –१४ निवासी सन्तोष कुमार यादवले आफ्ना भाई मंदिपलाई घुँडामा समस्या देखिएपछि उपचारका लागि स्थानीय डा। मुकुन्द कुमार झाको क्लिनिकमा पुगे । डा। झाले घुँडामा शल्यक्रिया गर्नुपर्ने भन्दै नवजीवन अस्पतालमा भर्ना गर्न सुझाव दिए ।
सन्तोषले भाई मंदिपलाई लिएर मधेश प्रहरी कार्यालय नजिकै रहेको नवजीवन अस्पतालमा पुगे । त्यहाँ भर्ना गर्नुपर्ने भनियो । डा। झाले भने बमोजिम सम्पूर्ण तयारी बिरामी पक्षले पुरा गरेपछि शल्यक्रिया त भयो । तर, अस्पताल पक्षको व्यवहार असमान्य देखिन थाल्यो ।
पीडित सन्तोषले मधेशदृष्टिसँग भने, ‘बिरामी भाईलाई निको होस् भनेर मैले दायाँबायाँ केही सोच्नै सकिनँ । अस्पतालले जे जे भन्यो सबै गरेँ । शल्यक्रिया भइसकेपछि तुरुन्तै टाँका लगाउनुपर्ने हो भन्ने लाग्यो । तर, अस्पतालले चार दिनसम्म त ड्रेसिङ नै गरिरहयो । सात दिनपछि मात्रै टाँका लगायो ।’ बिरामीलाई शल्यक्रिया गरेको घाउमा टाँका लगाइसकेपछि अस्पतालको प्रशासनले शल्यक्रिया शुल्क मात्रै ४५ हजार रुपैयाँ दिनुपर्ने र त्यो नदिएसम्म डिस्चार्ज गर्न नमिल्ने भन्यो ।
‘क्लिनिकमा अप्रेशन चार्जवारे सोधेपछि डा. मुकुन्द झाले मिलाएर भइहाल्छ, धेरै पर्दैन भन्नुभएको थियो भनेर मैले उहाँसँग कुरा गर्ने प्रयास गरेँ । उहाँले मोबाइल बन्द गरेर अस्पताल आउनै छोड्नुभयो । अस्पताल प्रशासनसँग पनि कुरा गराइदिन भन्दा सम्पर्कमा नरहेको भन्न थाल्यो ।’ सन्तोषले मधेशदृष्टिसँग भने, ‘अन्त्यमा सबै चार्ज जोडेर ७५ हजार रुपैयाँ तिरेपछि नवजीवन अस्पतालबाट डिस्चार्ज भएर भाई घर आयो ।’
घर पुगेको दुई दिनमै मंदिपको घुँडा सुनिएर समस्या हुन थाल्यो । प्रादेशिक अस्पतालमा पुगेर डा। संदिप शर्मासँग जाँच गराएपछि अर्थो डाक्टरले गर्ने काम गैरविभागीय डाक्टरले गरेको र अप्रेसन पनि राम्रो नभएको प्रतिक्रिया दिएको सन्तोषले बताए । उनले भने, ‘प्रादेशिक अस्पतालमा पुगेपछि पहिलो झट्का त गैरविभागीय डाक्टरले नहुने काम किन गरेको होला भनेर सोच्न थाले, पैसाकै लागि त होला नि ’ सन्तोषले भने, ‘डा। शर्माले पुनः अप्रेसन गरेपछि घाउभित्रै गज छोडिएको रहेछ । मैले सबै भिडियो खिचेर राखेको छु । जब घाउभित्रै गज छोडेर अप्रेसन गरेको देखेँ अनि नवजीवन अस्पतालले बदमासी नै गरेको भन्ने प्रष्ट भयो ।’
पीडित सन्तोषले उपचारको नाउँमा ठगी र बिरामीको भविष्यसँग स्वास्थ्य खेलबाड जस्तो गम्भिर अपराध गरेको भन्दै कारबाहीको लागि नेपाल मेडिकल एशोसिएशन (एनएमसी) समक्ष उजुरी गरेका छन् । ‘डा. मुकुन्द झाले मानिसको जीवनसँग खेलबाड गरेको, गम्भिर लापरबाही गरेको र ठगी गरेकोले कानुन बमोजिम क्षतिपुर्ती भराइदिन र हदैसम्मको कारबाही गर्न उजुरी गरेको छु’ सन्तोषले भने, ‘समान्य भनेर क्लिनिकमा गएको थिएँ । गम्भिर अवस्था छ भनेर उचित ठाउँमा जान सल्लाह दिनुभन्दा पैसाकै लागि जीवनसँगै खेलबाड गर्ने डाक्टरले आज मसँग गरे भोली अरुको पनि ज्यान लिन सक्छ भनेर मैले बोल्नै पर्ने भयो ।’
समयमै प्रादेशिक अस्पतालमा पुगेपछि तत्काल भाईलाई जोगाउन सफल भएकोमा सन्तुष्ट देखिएका सन्तोषले डा. झाको प्रवृति र नवजीवन अस्पतालको संस्थागत ठगी धन्दा विरुद्ध अदालत जाने सुनाए । उनले सञ्चार क्षेत्रबाट पनि गलत कार्यलाई निरुत्साहित गर्न आग्रह गरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…