सिडिओ अफिस सिरहामा बिचौलिया यादवको हालीमुहाली, मिटरब्याज पीडितसँग पनि असुल्छन घुस

२०८० भदौ १६ शनिबार
बिहान ०८:५२ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, सिरहा । सरकारले मिटरब्याज सम्बन्धी विद्येयक पारित गरेपछि मिटरब्याजबाट पीडितहरुले जिल्ला प्रशासन कार्यालयमा आसारा लिन थालेपछि बिचौलियाहरु पनि उत्तिकै सक्रिय भएको छ । 

सिरहामा मिटरब्याज सम्बन्धी उजुरी र छलफल सुरु भएदेखि नै सिडिओ कार्यालयमा बिचौलिया मनोज यादवको हालीमुहाली देखिएको छ । कुनै प्रतिनीधि समेत नरहेका मनोज यादव मिटरब्याजको हरेक छलफलमा उनी दलाली गर्दै आएको आरोप छ । यादवले मिटरब्याज पीडितहरुबाट समेत आर्थिक रकम असुली गर्दै आएको आरोप छ । 

सिडिओ कार्यालय सिरहा, जिल्ला प्रहरी कार्यालय सिरहाका प्रतिनीधिको साथै दलाल मनोज यादव सक्रिय भूमिका खेल्दै आएका छन् । मिटरब्याज मुद्दामा पीडित, साहुसँग समेत आर्थिक लेनदेन गरी सोही अनुसार निर्णय गर्ने गरेको पाईएको छ । 

सिडिओ कार्यालय सिरहामा महिनौदेखि मनोज यादव दलाली गर्दै आएका छन् । मिटरब्याज सम्बन्धी छलफल सुरु भएदेखि नै मनोज यादव प्रशासनको दूतको रुपमा कार्यगर्दै आएको छ । मिटरब्याज पीडितहरुसँग बार्गेनिँग गर्ने, पीडकसँग समेत बार्गेनिँग गरी सोही अनुसार निर्णय समेत दिने गरेको बताईएको छ । 

न्यूज ब्यूरोले जिल्ला प्रशासन कार्यालय सिरहामा गरेको स्टीँग अपरेशनको क्रममा मनोज यादवलाई किन आउनुभएको भनेर सोध्दा, उनले आफूलाई मिटरब्याज पीडितले बोलाएको जवाफ फर्काउँछन् । यद्यपी, मनोज यादव विगतदेखि नै हरेक छलफलमा दलाली गर्दै आएका छन् । 

कुनै प्रतिनीधि, जनप्रतिनीधि वा प्रशासनकै कुनै प्रतिनीधि समेत नरहेका मनोज यादव प्रशासनकै आडमा मिटरब्याज पीडितहरुलाई झन पीडा दिँदै आएको छ । साहु र ऋणीबीच छलफल गराउँदा मनोज यादवले निर्णय पल्टाउनको लागि रकम लिने गरेको खुलेको छ । 

यादवलाई जिल्ला प्रशासन कार्यालय सिरहाकै केही कर्मचारीहरु संरक्षण गर्दै आएका छन् । रकम उठाउने मुन्सीको रुपमा यादवलाई जिप्रका सिरहाले प्रयोग गर्दै आएको श्रोत बताउँछन् । नाम नखोल्ने शर्तमा एक स्थानीयले मनोज यादव सिडिओ कार्यालय सिरहामा बर्षौदेखि दलालीको काम गर्दै आएका छन् । 

सिडिओ कार्यालय सिरहाका कर्मचारी रामहरी मण्डल र मनोज यादवबीच घुस उठाउने सम्बन्ध रहेको बताईन्छ । मण्डलले नै दलाल यादवलाई संरक्षण गर्दै आएको छ । 

सिरहाका तत्कालिन सिडिओ लालबाबु कवारी हुँदा एक व्यक्तिलाई मनोज यादवले नै एक लाख रुपैयाँ लिएर नागरिकता बनाईदिएको प्रमाण फेला परेको छ । सो प्रकरणमा सिरहाको नरहा गाउँपालिकामा समेत कार्यरत सुबिन यादवले मिलोमत्तो गरी एक लाख रुपैयाँ उठाएको बताईएको छ । 

जिल्ला प्रशासन कार्यालय सिरहामा पत्रकारहरु रिपोर्टिङ गर्न जाँदा जिल्ला प्रशासन कार्यालय सिरहामा कार्यरत रामहरी मण्डल र सुबिन यादव लगायतका कर्मचारीले नानाथरीको जालझेल गरि पत्रकारलाई दुरव्यवहार गरि बाहिर निकाल्ने गरेको पाइएको छ । 

यता, जिल्ला प्रशासन कार्यालय सिरहामा मिटर ब्याजिहरुको छलफलमा घुस बिना कुनै काम नहुने गरेको एक पीडितले बताए । गरिब, असाहय , निमुखा जनतालाई हपकाउने डराउने , तर्साउने गरि पैसा असुलेको आरोप समेत लगाएको छ । 

(भिडियो प्रमाण सुरक्षित छ ।)

  • 0%
  • 2%
  • 2%
  • 91%
  • 2%
  • 5%

लुम्बिनी प्रदेशका चर्चित साहित्यकार ढकालको 'बुह्रान' उपन्यास ल्याउँदै

  • २०८० भदौ १६ शनिबार

न्यूज ब्यूरो, जनकपुरधाम । लुम्बिनी प्रदेशका शिक्षक तथा साहित्यकार महानन्द ढकालले छैठौं साहित्यिक कृतिका रुपमा "बुह्रान" उपन्यास ल्याउने भएका छन् ।  लुम्बिनी प्रदेशका अधिकांश थारू समुदायका बिद्यार्थीहरूलाई अध्यापन गराउँदै आएका ढकालले

पूरा पढ्नुहोस्

Bureau Menus