धनुषाको शहिदनगरमा प्रदेशस्तरीय प्रथम मेयर कप सुरु
न्यूज ब्यूरो | जनकपुरधाम, १४ जेठ । धनुषाको शहिदनगर नगरपालिकामा आजदेखि प्रथम मेयर कप प्रतियोगिता सुरु भएको छ । शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरियाले आफ्नो पूर्व घोषित कार्यक्रम अनुसार सोमबारदेखि प्रदेश स्तरीय फुटबल तथा कबड्डी प्रतियोगिता टुर्नामेन्ट सुरु गरेको हो । नगरपालिकाको आयोजनामा नगर खेल

२०७५ जेठ १४ सोमबार, राति ८:५० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
जनकपुरधाम, १४ जेठ । धनुषाको शहिदनगर नगरपालिकामा आजदेखि प्रथम मेयर कप प्रतियोगिता सुरु भएको छ ।
शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरियाले आफ्नो पूर्व घोषित कार्यक्रम अनुसार सोमबारदेखि प्रदेश स्तरीय फुटबल तथा कबड्डी प्रतियोगिता टुर्नामेन्ट सुरु गरेको हो ।
नगरपालिकाको आयोजनामा नगर खेल सँयोजक राजदेव प्रसाद साहको अध्यक्षता एवम् मेयर बरबरियाको प्रमुख आतिथ्यमा टुर्नामेन्टको विधिवत रुपमा श्रीगणेश गरिएको हो ।
शहिदनगर यदुकूहाको जनता ईकाई माध्यमिक विद्यालयको प्राङ्गनमा सुरु भएको कबड्डी तथा फुटबल प्रतियोगिता छुट्टाछुट्टै खेल गराइको हो ।

कबड्डी प्रतियोगिताको प्रथम खेल अन्तर्गत धनुषा रातो र महोत्तरीबीच भएको खेलमा धनुषा रातो बिजय हाँसिल गरेको हो भने महोत्तरी र सप्तरी बीच भएको खेलमा सप्तरी बिजय हाँसिल गरेको आयोजकले जनाएको छ ।
यता, मोरङ र बारा टिमको बीच भएको खेलमा मोरङ बिजय हासील गरेका छन ।
त्यस्तै, आजै भएको फुटबल प्रतियोगिता अन्तर्गतको खेल सिरहा ११ र महोत्तरी बीचको खेलमा सिरहा टिमले विजयी हात पारेका छन् ।
सिरहा टिमले पेनाल्टी हान्दै पेनाल्टीकै माध्यमले ५ ४ गोलअन्तरले विजयी भएका हुन् ।

उद्घाटन कार्यक्रममा नगरकी उपमेयर शिला कापर , लेखाअधिकृत नन्दकिशोर झा, वडा अध्यक्ष नागेन्द्र मन्डल, लगायत खेलाडी, विद्यार्थी, स्थानीयहरुको मोटो सहभागी रहेको थियो ।
नेपालकै कान्छो मेयर भनेर चिनिने बरबरियाले गत फागुन २६ गते नगरपालिकाको वडा नं. ७ धबौलीमा सम्पन्न पहिलो च्यालेन्ज टि २० कपको समापन कार्यक्रममा शिघ्र नै मेयर कप खेलाउने उद्घोष गरेका थिए ।
यो पनि पढनुहोस् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…