धनुषामा कान्छो मेयरले 'प्रथम मेयर कप टुर्नामेन्ट' खेलाउने
न्यूज ब्यूरो || जनकपुरधाम, २६ फागुन । धनुषामा पहिलो पटक प्रथम मेयर कप टुर्नामेन्ट हुने भएको छ । कान्छो मेयर उदय कुमार बरबरिया ले आज एक कार्यक्रमबीच शिघ्र धनुषाको शहिदनगर नगरपालिकामा प्रथम मेयरकप टुर्नामेन्ट हुने जानकारी गराएका छन् । शहिदनगर नगरापालिकाको वडा नं. ७ धबौलीमा सम्पन्न पहिलो चाईलेन्ज शहिदन

२०७४ फागुन २६ शनिबार, राति १०:४२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो ||
जनकपुरधाम, २६ फागुन । धनुषामा पहिलो पटक प्रथम मेयर कप टुर्नामेन्ट हुने भएको छ ।
कान्छो मेयर उदय कुमार बरबरियाले आज एक कार्यक्रमबीच शिघ्र धनुषाको शहिदनगर नगरपालिकामा प्रथम मेयरकप टुर्नामेन्ट हुने जानकारी गराएका छन् ।
शहिदनगर नगरापालिकाको वडा नं. ७ धबौलीमा सम्पन्न पहिलो चाईलेन्ज शहिदनगर टी२० कप क्रिकेट प्रतियोगितामा प्रमुख अतिथिको आसनबाट बोल्दै बरबरियाले यस्तो जानकारी गराएका हुन् ।
उक्त क्रिकेट प्रतियोगितामा विजयी हात पारेका शहिदनगर यदुकुहालाई प्रथम पुरस्कार तथा धनुषाको औरहीलाई दोस्रो पुरस्कार प्रदान गरेका छन् ।
मेयर बरबरियाले दुवै टीमका खेलाडीहरुलाई पुरस्कार तथा मेडल वितरण गर्दै चाँडै प्रथम मेयर कप क्रिकेट प्रतियोगिता समेत आयोजना गर्ने प्रतिवद्धता जाहेर गरे ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…