पेट्रोल र ग्याँसको मूल्य बढयो
डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ, पेट्रोलमा प्रतिलिटर ४ र एलपी ग्यास प्रतिसिलिन्डर २३५ रुपैयाँ बढेको निगमले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । नयाँ मूल्य सूची बिहीबार राती १२ बजेदेखि लागू भएको हो ।

२०८० भदौ १५ शुक्रबार, बिहान ७:११ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
निगमले बिहीबार विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि भएको जनाएको हो । केही दिन अगाडी मात्र पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको निगमले विहिबार पुनः मूल्यवृद्धि गरेको हो ।
डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ, पेट्रोलमा प्रतिलिटर ४ र एलपी ग्यास प्रतिसिलिन्डर २३५ रुपैयाँ बढेको निगमले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । नयाँ मूल्य सूची बिहीबार राती १२ बजेदेखि लागू भएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…