सर्लाहीमा ब्याचलरको परीक्षा दिँदै गर्दा नक्कली परीक्षार्थी पक्राउ
चर्तुभुजेश्वर बहुमुखी क्याम्पस सुखे पोखरीको परिक्षा केन्द्र सुभ जनता बहुमुखी क्याम्पस बरहथवामा कायम गरिएका थिए । आज स्नातक तह समाजशास्त्र अन्तर्गत दोश्रो बर्षको अन्तिम दिनको रिसर्च मेथड इन सुसोलोजीको परिक्षामा स्ववियु सभापति दहालले नक्कली परिक्षार्थीको रुपमा श्रेष्ठलाई राखेको जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय बरहथवाको प्रहरी नायव उपरिक्षक लिलानाथ लामिछाने परिक्षा केन्द्रमा पुगेर नक्कली परिक्षार्थीलाई पक्राउ गरिएको बताइएको छ ।

२०८० भदौ १० आइतबार, राति ८:५४ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, सर्लाही । स्नातक तह समाजशास्त्रको दोश्रो बर्षको संचालित परिक्षाको अन्तिम दिन आइतवार सुभ जनता बहुमुखी क्याम्पस बरहथवाबाट एक जना नक्कली परिक्षार्थी पक्राउ परेका छन् ।
चर्तुभुजेश्वर बहुमुखी क्याम्पस सुखेपोखरी हरिवनमा अनेरास्ववियु क्रान्तिकारीबाट स्वतन्त्र विद्यार्थी युनियनका सभापति प्रेम दहालको स्थानमा नक्कली परिक्षार्थी भएर परिक्षा दिइरहेका विष्णुकमार श्रेष्ठलाई पक्राउ गरिएका हुन् ।
चर्तुभुजेश्वर बहुमुखी क्याम्पस सुखे पोखरीको परिक्षा केन्द्र सुभ जनता बहुमुखी क्याम्पस बरहथवामा कायम गरिएका थिए । आज स्नातक तह समाजशास्त्र अन्तर्गत दोश्रो बर्षको अन्तिम दिनको रिसर्च मेथड इन सुसोलोजीको परिक्षामा स्ववियु सभापति दहालले नक्कली परिक्षार्थीको रुपमा श्रेष्ठलाई राखेको जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय बरहथवाको प्रहरी नायव उपरिक्षक लिलानाथ लामिछाने परिक्षा केन्द्रमा पुगेर नक्कली परिक्षार्थीलाई पक्राउ गरिएको बताइएको छ ।
प्रहरी नायव उपरिक्षक लामिछानेका अनुसार पक्राउ परेका नक्कली परिक्षार्थी श्रेष्ठलाई प्रहरी नियन्त्रणमा राखेर आवश्यक अनुसन्धान भईरहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…