सिरहा कर्जन्हा हत्या काण्ड : आरोपित दुई प्रहरी गिरफ्तमा
न्यूज ब्यूरो | सिरहा, १४ बैशाख । झण्डै ३ हप्ता पछि सिरहा प्रहरीले हत्याकाण्डका दुई आरोपिलाई पक्राउ गरेको छ । सिरहा कर्जन्हा वडा नं. ७ मरेवा टोलका मुसहरु भन्ने सुपेन्द्र यादबको हत्यामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेर आइतवार सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा बन्ठा भन्ने रामसेवक र जंगली भन्ने

२०७५ जेठ १४ सोमबार, बिहान ८:०१ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो |
सिरहा, १४ बैशाख । झण्डै ३ हप्ता पछि सिरहा प्रहरीले हत्याकाण्डका दुई आरोपिलाई पक्राउ गरेको छ ।
सिरहा कर्जन्हा वडा नं. ७ मरेवा टोलका मुसहरु भन्ने सुपेन्द्र यादबको हत्यामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेर आइतवार सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा बन्ठा भन्ने रामसेवक र जंगली भन्ने अन्जनी कुमार कुशवाहा रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
सिरहाका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठका अनुसार, बन्ठा यस हत्याकाण्डका मुख्य योजनाकार रहेको खुलेको छ भने, जंगली धारिलो हतियार प्रहार गरी हत्या प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
विगत लामो समयदेखि चल्दै आएको जातीय रिसवीका कारण सुपेन्द्रको हत्या गर्ने दुबै जनालाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दा चलाएको उनले बताए ।
पक्राउ परेकाहरुको साथबाट हत्यामा प्रयोग गरिएको धारिलो हतियार र जंगलीले लगाएको रगत लागेको गम्छा बरामद भएको हो ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…