जनमत पार्टीको 'जनमत सँग्रह'
जिल्लाको प्रदेशसभा क्षेत्र नं. १ को २, प्रदेशसभा २ को १ र २, प्रदेशसभा क्षेत्र ३ को १ तथा समानुपातिकतर्फका दुई गरी ६ प्रदेशसभा सदस्यका लागि यस्तो निर्वाचन एकै पटक गरिएको जनमतका जिल्ला इन्चार्ज रामगमन साहले जानकारी दिए । उनका अनुसार जनमत पार्टीले प्रदेशसभा १ को २, २ को १ र २ तथा ३ को १ गरी चार वटा प्रत्यक्षतर्फ प्रदेश सांसद जनमत पार्टीले जितेको छ ।

२०८० भदौ ३ आइतबार, बिहान ८:११ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । डा. सिके राउत नेतृत्वको जनमत पार्टीबाट स्थानीय तहमा विजयी भएका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष तथा वडा अध्यक्षको कार्यशैली मूल्याङ्कन एक साता अघि (एफ्रुभल रेटिङ) निर्वाचनको माध्यमबाट गरेको जनमत पार्टीले शनिबार यस्तै प्रयोग पार्टीबाट निर्वाचित प्रदेश सांसदका लागि पनि गरेको छ ।
पार्टी भित्रको आन्तरिक (एफ्रुभल रेटिङ) जनमत संग्रहका रुपमा मान्दै सप्तरीको प्रत्यक्षतर्फ जितेका ४ र समानुपातितर्फका २ गरी ६ प्रदेशसभा सदस्यको कार्यशैली मूल्याङ्कनका लागि निर्वाचन गरिएको निर्वाचन अधिकृत शिवनन्दन मेहताले बताए ।
मतपत्रको एउटा कोठामा “तपाईको क्षेत्रका प्रदेश सभा सदस्यको काम सन्तोषजनक छ ? र अर्को कोठामा सन्तोषजनक छैन” भनी लेखिएको थियो । ती मध्ये एउटा रोजेर स्वस्तिक चिह्न लगाउन मतदातालाई भनिएको थियो ।
जिल्लाको प्रदेशसभा क्षेत्र नं. १ को २, प्रदेशसभा २ को १ र २, प्रदेशसभा क्षेत्र ३ को १ तथा समानुपातिकतर्फका दुई गरी ६ प्रदेशसभा सदस्यका लागि यस्तो निर्वाचन एकै पटक गरिएको जनमतका जिल्ला इन्चार्ज रामगमन साहले जानकारी दिए । उनका अनुसार जनमत पार्टीले प्रदेशसभा १ को २, २ को १ र २ तथा ३ को १ गरी चार वटा प्रत्यक्षतर्फ प्रदेश सांसद जनमत पार्टीले जितेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…