सशस्त्र प्रहरीका एसपी थपलियाको असमायिक मृत्यू
थपलियाको निधन प्रति पूर्व मन्त्री एवम् पर्सा निर्वाचन क्षेत्र नम्बर १ का सांसद प्रदीप यादव र वीरगञ्ज महानगरका मेयर राजेशमान सिंहले समवेदना प्रकट गरेका छन् । सामाजिक सञ्जाल मार्फत सांसद यादव र मेयर सिंहले थपलियाको निधन प्रति समवेदना प्रकट गरेका हुन् ।

२०८० भदौ २ शनिबार, बेलुकी ७:१० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, वीरगँज । पर्साको वीरगञ्जस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गणका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुमन थपलियाको मृत्यू भएको छ ।
सशस्त्र एसपी थपलियाको शनिवार (आज) दिउँसो १ बजेको करिबमा हृदयाघात (हार्ट अट्याक) बाट मृत्यु भएको हो ।
वीरगञ्जस्थित नेपाल मेडीसिटी वयोधा अस्पतालमा ४४ वर्षीय थपलियाको दिउँसो उपचारका क्रममा मृत्यु भएको पर्सा प्रहरीका प्रमुख (एसपी) कोमल विक्रम शाहले जानकारी दिए ।
एसपी शाहका अनुसार अनुसार शनिवार बिहान ११ बजेतिर गण परिसरमै रहेको आवासमा रहेका बेला थपलिया अचानक अचेत भएर लडेका थिए । लगत्तै उनलाई उपचारका लागि मेडीसिटी वयोधा अस्पतालमा लगिएको थियो ।
नुवाकोटका स्थानीयवासी रहेका थपलियाको शव अहिले पनि वयोधा अस्पतालमै राखिएको छ ।
थपलियाको निधन प्रति पूर्व मन्त्री एवम् पर्सा निर्वाचन क्षेत्र नम्बर १ का सांसद प्रदीप यादव र वीरगञ्ज महानगरका मेयर राजेशमान सिंहले समवेदना प्रकट गरेका छन् । सामाजिक सञ्जाल मार्फत सांसद यादव र मेयर सिंहले थपलियाको निधन प्रति समवेदना प्रकट गरेका हुन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…