आरती न्यायका योद्धाहरुलाई हलुको नलेउ
युवाहरुको आबाज जति दबाउन खोजिदैछ, उतिकै युवाहरुले उल्टो वायूको रुप धारण गर्दै गएको छ । न्यायको पक्षमा वकालत गर्दै आएका दर्जनौ युवाहरुलाई साधारण रुपमा लिने भूल गरिए अवस्थामा परिवर्तन हुन सक्ने सँकेत देखिएको छ । यसर्थ, आरती साहको न्यायको लागि देशव्यापी रुपमा आन्दोलनको बिगुल शुभारम्भ गर्नु अगाडी नै न्यायिक पक्षले आरती साहलाई न्याय दिनु आवश्यक छ ।

२०८० भदौ १ शुक्रबार, बिहान ९:४४ बजे१ मिनेट पढाइ

सम्पादकीय । जनकपुरधामकी आरती साह प्रकरणमा न्यायको गर्दै विगत दुई महिनादेखि परिवारजनसहित अभियन्ता, अधिकारकर्मीहरु उनको न्यायको लागि अहोरात्र आन्दोलनमा सरिक हुँदै आएको छ । जनकपुरियन युवाहरु मात्र नभएर न्यायको पक्षमा उभिने योद्धाहरुले घामपानीको परवाह नगरी निरन्तर दुई महिनादेखि राजधानीको माईतीघरमा खटिरहेका छन् ।
केही महिना अगाडी जनकपुरकी आरती साहलाई दाईजोको कारण उनको ससुरा पक्षले हत्या गरेको आरोपसहित प्रदेश सरकारबाट न्यायको अनुभूति नपाएपछि आरतीको परिवार विगत दुई महिनादेखि काठमान्डौँमा निरन्तर सरकारलाई बोली गुहार लगाईरहेको छ ।
मृतक आरती साहकी आमा, बहिनी र बुवासहित विभिन्न क्षेत्रमा काम गर्ने अभियन्ता, न्यायप्रेमी, अधिकारकर्मीहरुले पनि योद्धाको रुपमा निरन्तर आन्दोलनलाई सँजीवनी प्रदान गर्दै आएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक एसपी विश्वराज खडका र प्रवक्ता डिएसी बेद प्रसाद गौत्तमले पीडक भनिएका ससुरा पक्षबाट आर्थिक प्रलोभनमा परी हत्याको मुद्दालाई आत्म–हत्या बनाएर मुद्दा दबाउन खोजेको भन्दै पीडित परिवारले अदालत, न्यायलय, सरकार, साँसद, अधिकारकर्मी, मानव अधिकार, अभियन्ता गुहार्दै आएका छन् ।
आरतीको न्याको लागि योद्धा बनेर खडा भएका अभियन्ताहरुलाई प्रहरीले पटक पटक पक्राउ गर्नु, पीडित परिवारको सदस्यलाई बुटले हान्नु, न्यायको अनुभूति गराउनको साटो पीडितलाई कुटपिट गरी थप पीडा दिनु जस्ता क्रियाकलापले न्यायका योद्धाहरु झन बलियो हुँदै गएको हेर्न सकिन्छ । आरतीको न्यायको लागि चट्टान झै उभिएका युवा अभियन्ताहरुले आरतीले न्याय नपाएसम्म न्यायको लागि उभिरहने प्रण गरेको बेला सरकार पक्षले न्यायको लागि समयमै पहल गर्नुपर्छ ।
युवाहरुको आबाज जति दबाउन खोजिदैछ, उतिकै युवाहरुले उल्टो वायूको रुप धारण गर्दै गएको छ । न्यायको पक्षमा वकालत गर्दै आएका दर्जनौ युवाहरुलाई साधारण रुपमा लिने भूल गरिए अवस्थामा परिवर्तन हुन सक्ने सँकेत देखिएको छ । यसर्थ, आरती साहको न्यायको लागि देशव्यापी रुपमा आन्दोलनको बिगुल शुभारम्भ गर्नु अगाडी नै न्यायिक पक्षले आरती साहलाई न्याय दिनु आवश्यक छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
काशिन्द्र कुमार शर्मा
सम्पादक















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…