पिकअपले मोसा ठोक्दा एक जनाको मृत्यू, महिला गम्भिर
उक्त दुर्घटनामा धनुषाको लक्ष्मिनिया गाउँपालिका ४ सपही बस्ने ४५ वर्षीया शान्ति देवी सहनी गम्भिर घाइते भएकी छिन् । उनको उपचार सेन्ट्रल अस्पताल लक्ष्मिनियामा भइ रहेको र अहिले अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

२०८० साउन ३१ बुधबार, राति ८:३० बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा सवारी दुर्घटनामा परेर एक युवकको मृत्यु भएको छ । यस्तै, सोही दुर्घटनामा एक महिला गम्भिर घाइते भएकी छिन् ।
मृत्यु हुनेमा महोत्तरीको औरही नगरपालिका १ बस्ने २५ वर्षीय पप्पु यादव रहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ।
प्रहरी निरिक्षक दिपक कुमार कार्कीका अनुसार गएराती लक्ष्मिनिया गाउँपालिका ७ जनकपुर(ढल्केवर सडक खण्डमा जनकपुरधामबाट महेन्द्रनगर तर्फ जाँदै गरेको ज१च १६६९ नम्बर को बोलेरो पिकअपले बिपरित दिशा बाट आउँदै गरेको प्र २–०२–००३ प ९१५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा यादव गम्भिर घाइते भएका थिए ।
गम्भिर घाइते भएका उनलाई उपचारको लागी प्रादेशिक अस्पताल जनकपुरधाम ल्याएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
उक्त दुर्घटनामा धनुषाको लक्ष्मिनिया गाउँपालिका ४ सपही बस्ने ४५ वर्षीया शान्ति देवी सहनी गम्भिर घाइते भएकी छिन् । उनको उपचार सेन्ट्रल अस्पताल लक्ष्मिनियामा भइ रहेको र अहिले अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…