जनमत पार्टीको सँगठन विस्तारलाई तिब्रता
गणेशमान चारनाथ नगरपालिका पर्यवेक्षक बिन्देश्वर पजियार, रुपा सुवेदी, केन्द्रिय सदस्य अशोक साह, प्रदेश सदस्य ब्रमदेव महतो, नगर अध्यक्ष रामभरोश यादव, नगर उपाध्यक्ष रामदुलारी महतो, संतोश यादव, बृषेश कुमार शर्मा लगायत सयौंको संख्यामा नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।

२०८० साउन २७ शनिबार, राति ८:१३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनमत पार्टीले गणेशमान चारनाथ नगरपालिकामा सङ्गठन विस्तारलाई निरन्तरता दिएको छ । शनिबार एक कार्यक्रमको आयोजना गरी वडा नं। ३ मा सङ्गठन विस्तार गरिएको हो ।
पार्टीका नेता श्रावण कु साह अध्यक्ष रहने गरी २१ सदस्यीय वडा कमिटी गठन गरिएको विद्यार्थी जनमत संघका धनुषा अध्यक्ष विरेन्द्र यादवले बताए । धनुषा जिल्लामा पार्टीको सङ्गठन विस्तारले रफ्तार लिएको यादवले जनाए ।
विभिन्न पार्टी परित्याग गरी सयौंको संख्यामा जनमत प्रवेश गरेको बताइएको छ । उनीहरुलाई जनमत पार्टीको सदस्यता प्रदान गरी पार्टी प्रवेश गराइएको हो ।
गणेशमान चारनाथ नगरपालिका पर्यवेक्षक बिन्देश्वर पजियार, रुपा सुवेदी, केन्द्रिय सदस्य अशोक साह, प्रदेश सदस्य ब्रमदेव महतो, नगर अध्यक्ष रामभरोश यादव, नगर उपाध्यक्ष रामदुलारी महतो, संतोश यादव, बृषेश कुमार शर्मा लगायत सयौंको संख्यामा नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…