नेविसंघको केन्द्रीय सदस्यमा ईन्द्रजित गोईतसहित धनुषाका आधा दर्जन युवक चयन
गोईत नेपाली काङ्ग्रेसले सानै उमेरमा केन्द्रीय कार्यसमितिमा नियुक्त गरिएको छ। नियुक्ति भएपछि गोईतले सक्रियताको आधार र पार्टीलाई दिएको योगदानको कदर गर्दै आफूलाई केन्द्रिय सदस्यमा मनोनयन गरिएको हुन सक्ने जानकारी दिए । मनोनयन पछि पार्टीले दिएको जिम्मेवारी कुशलतापूर्वक पुरा गर्ने उनले बताए ।

२०८० साउन २३ मंगलबार, बेलुकी ६:२७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाली काङ्ग्रेसको विद्यार्थी सँगठन नेपाल विद्यार्थी सँघ (नेविसँघ) को तदर्थ कार्य समिति चयन गरिएको छ । सोमबार ७१० जनालाई मनोयन गरिएको छ ।
सो क्रममा धनुषा जिल्लाबाट विद्यार्थी नेता ईन्द्रजीत गोईतसहित आधा दर्जन विद्यार्थी अगुवाहरुले नेविसँघको केन्द्रीय तसर्थ कार्यसमितिको सदस्यमा मनोयन भएका छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले श्री दुजाङ शेर्पाको अध्यक्षतामा गठित नेपाल विद्यार्थी संघ केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा ७१० जनालाई मनोनयन गरेका हुन् ।
नेपाली काङ्ग्रेसको जग भनेर चिनिने प्रमुख भातृसंगठन नेपाल विद्यार्थी संघ (नेबिसंघ) ले ३२ वर्ष मुनिको ७११ सदस्यीय केन्द्रीय तदर्थ समितिमा ईन्द्रजित गोईत चयन भएका छन् । गोईत सानैदेखि राजनिति गर्न रुचाउँथे । गोईतको राजनीति हेर्दा २२ वर्षमा नेबिसंघ मधेश प्रदेश CTEVT नेबिसंघ अध्यक्ष, नेपाली काङ्ग्रेस प्रचार प्रसार विभाग को जिल्ला सदस्य भएका थिए ।
त्यसैगरी २०७९ बैशाखमा सम्पन्न स्थानिय निर्वाचनमा नेपाली काङ्ग्रेस प्रचार प्रसार केन्द्रीय सदस्यको जिम्मेवारी दिएको थियो । पहिलाे चाेटि नेविसंघ NPI कलेज भरतपुर चितवनकाे एकाइ अध्यक्ष हुँदै नेविसंघ CTEVT मधेश प्रदेशकाे अध्यक्ष, नेविसंघ जिल्ला उपसभापति हुदै केन्द्रीय सदस्य मनाेनित भए ।
गोईत नेपाली काङ्ग्रेसले सानै उमेरमा केन्द्रीय कार्यसमितिमा नियुक्त गरिएको छ। नियुक्ति भएपछि गोईतले सक्रियताको आधार र पार्टीलाई दिएको योगदानको कदर गर्दै आफूलाई केन्द्रिय सदस्यमा मनोनयन गरिएको हुन सक्ने जानकारी दिए । मनोनयन पछि पार्टीले दिएको जिम्मेवारी कुशलतापूर्वक पुरा गर्ने उनले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…