धनुषाको मुखियापट्टि मुसरनीयाँमा झडप, दर्जनौ घाईते, एक काठमान्डौँ रिफर, प्रहरीले गरे गोली फायर
छत ढलानको विषयलाई सहजीकरण गर्न पुगेका पालिका अध्यक्ष यादवसँगै रहे का ज्ञानेन्द्र यादव, मणिशंकर यादव, विनोद यादवलगायत आधा दर्जन घाइते भएका छन् । घाइतेहरुको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको छ,भने विनोदलाई काठमाण्डु पठाइएको छ । यादवको टाउको फुटेको र अत्यधिक रक्तस्राब भएको कारण स्थिति गम्भीर रहेको चिकित्सकहरुले जनाएका छन् । उनलाई थप उपचारका लागि काठमाण्डु लगिएको छ ।

२०८० साउन २२ सोमबार, बिहान ९:१९ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकामा प्रहरीले चार राउण्ड हवाइ फायर गरेका छन् ।
विद्यालयको छत ढलानको क्रममा आइतबार भएको विवादलाई नियन्त्रणमा लिन प्रहरीले चार राउण्ड हवाइ फायर गरे का छन् । गाउँपालिकाको वडा नम्बर ४ को ल्हुवामा रहेको वैद्यनाथ देवनारायण जनता नमुना माध्यमिक विद्यालयको छत ढलान गराउन पुगेका प्राविधिकहरुलाई गाउँका केही व्यक्तिले लगत स्टिमेट माग गर्दा नदिएपछि विगत तीन दिनदेखि सो छत ढलान हुन सकेको छैन् ।
नमुना विद्यालयलाई सरकारले प्रदान गरेको एक करोडको बजेटमा सो विद्यालयको छत ढलान कार्य हुन लागे को थियो । त्यो बजेट विद्यालयले निर्माण समितिमार्फत खर्चे पनि प्राविधिक भने गाउँपालिकाबाट उपलब्ध गराइएको थियो । तर, लगत स्टिमेट माग गर्दै स्थानीयहरु विगत तीन दिन देखि सो विद्यालयको छत ढलान रोकेका थिए ।
गाउँपालिकाको प्राविधिक सहयोग मात्र रहेको र विद्यालयले सम्पूर्ण निर्माण कार्य आफ्नै रेखदेखमा उपभोक्ता समिति बनाइ गरिरहेकाले अनियमितताको नाममा अराजकता सृजना गरिएको पालिकाका अध्यक्ष जयकुमार यादवले बताए ।
आइतबार ढलान गराउनका लागि पुगेका प्राविधिकहरुले छत ढलान गराउन लाग्दा करीब एक डेढ सयको संख्यामा आएका गाउँलेहरुले प्राविधिकहरु नवल महतो, राहुल साह र कृष्णा ठाकुर लगायतमाथि आक्रमण गरेका थिए । छत ढलानका लागि पालिकाका प्राविधिकहरुलाई खटाइएको थियो । प्राविधिकहरुले भवनको छत ढलानलाई गुणस्तरीय र मापदण्ड अनुरुप बनाउन विद्यालयमा पुगेका थिए ।
छत ढलानको विषयलाई सहजीकरण गर्न पुगेका पालिका अध्यक्ष यादवसँगै रहे का ज्ञानेन्द्र यादव, मणिशंकर यादव, विनोद यादवलगायत आधा दर्जन घाइते भएका छन् । घाइतेहरुको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको छ,भने विनोदलाई काठमाण्डु पठाइएको छ । यादवको टाउको फुटेको र अत्यधिक रक्तस्राब भएको कारण स्थिति गम्भीर रहेको चिकित्सकहरुले जनाएका छन् । उनलाई थप उपचारका लागि काठमाण्डु लगिएको छ ।
युवाहरुको समूहको नाममा बाट केही मानिसहरुले भवनको छत ढलान रोकेका थिए । अवरोधको कारण शनिबार ढलान हुन नसकेपछि सहजीकरण गर्न अध्यक्ष यादव पनि विद्यालय परिसरमा पुगे का थिए ।
विद्यालय पक्ष र विरोधी पक्षबीच झड्प हुँदा प्रहरी मौन रहेकाले केही मानिसहरुको टाउको फुटेको आरोप लगाइएको छ । टाउको फुटाउदासम्म धैर्य गरेका प्रहरीले स्थिति सामान्य भइसकेपछि हवाइफायर गरेको विद्यालय पक्षले आरोप लगाएको छ ।
स्थानीय प्रत्यक्षदर्शीहरुका अनुसार सव–इञ्जिनियर महतोलाई पनि लछार पछार गरिएको छ । झड्प भएपछि छत ढलान पूरा हुन सकेन् । आधा अधुरा छत ढलानले विद्यालयलाई क्षति पुगेको अध्यक्ष यादवले बताए । ‘विद्यालय स्वयं सबै काम गरिरहेकाले त्यसको विरोध गर्नु उपयुक्त होइन्’अध्यक्ष यादवले भने, बल प्रयोग गरी कर्मचारी र स्थानीय वासिन्दाहरुलाई कुटपिट गर्नु निन्दनीय रहेको उनले बताए । केही व्यक्तिले निजी स्वार्थका लागि विद्यालय भवनको छत ढलानमा अवरोध गरेकाले आर्थिक क्षति पनि भएको छ । फेरि छत ढलान गर्न हाल ढालिएको छतलाई फुटाउनु पर्ने प्राविधिकहरुले जनाएका छन् ।
नमुना माध्यमिक विद्यालयमा भवन निर्माणका लागि सरकारले बजेट उपलब्ध गराएको थियो । विद्यालय स्वयंले पालिकाको प्राविधिक सहयोग लिएर भवन निर्माणको कार्य गरिरहेको थियो । भवनको संरचना तयार हुँदासम्म चुप लागे का व्यक्तिहरुले छत ढलानमा अवरोध गरेको विद्यालयले जनाएको छ ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…