सिरहामा तस्करलाई पछयाएपछि सखुवाको ८ गोलिया बरामद, तस्कर फरार
विशेष सूचनाको आधारमा ईन्स्पेक्टर सिँहले तस्करलाई पछयाएको खवर पाएपछि तस्करले छाडेर भागेको उक्त परिमाणको अवैद्य काठ बरामद गर्न सफल भएको हो । गोप्य सूचनाको आधारमा सशस्त्र प्रहरी निरीक्षक हेमन्त सिंह , वन डिभिजन कार्यालय लाहान र नेपाल प्रहरीको सँयुक्त टोलिले सखुवाको काठ नियन्त्रणमा लिएको हो ।

२०८० साउन २० शनिबार, राति ८:५४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहामा सशस्त्र प्रहरीका ईन्सपेक्टरले तस्करलाई पछयाएपछि सखुवाको ८ गोलिया बरामद गरेको हो ।
सिरहाको धनगढीमाई नगरपालिका वडा नम्बर ७ कसहामा तस्करहरुले छाडेर भागेपछि बेवारिसे सखुवाको काठको ८ वटा गोलिया सशस्त्र बेस क्याम्प गोलबजारका प्रहरी निरीक्षक हेमन्त सिंहले नियन्त्रणमा लिएको हो ।
विशेष सूचनाको आधारमा ईन्स्पेक्टर सिँहले तस्करलाई पछयाएको खवर पाएपछि तस्करले छाडेर भागेको उक्त परिमाणको अवैद्य काठ बरामद गर्न सफल भएको हो । गोप्य सूचनाको आधारमा सशस्त्र प्रहरी निरीक्षक हेमन्त सिंह , वन डिभिजन कार्यालय लाहान र नेपाल प्रहरीको सँयुक्त टोलिले सखुवाको काठ नियन्त्रणमा लिएको हो ।
शनिबार सो काठलाई वन डिभिजन कार्यालय लहान कार्वाहीको लागि पठाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…