सशस्त्र प्रहरी सिरहाले कुखुराको ५ हजार चल्ला गरे नष्ट
सशस्त्र प्रहरी सिरहाले आजै नौ लाख ७५ हजार बराबरको विभिन्न ब्राण्डको बोवाईल र मोवाइलका पार्टस्हरु बरामद गरेको छ। सशस्त्र प्रहरी भारतबाट नेपाल तर्फ अवैधरुपमा मोटरसाइकलमा ल्याईरहेको मोवाईल र मोवाईलका पार्टसहरु सिरहा नपा १७ पटेर्वाबाट बरामद गरेको हो।

२०८० साउन १८ बिहीबार, राति ८:४१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सशस्त्र प्रहरीले सिरहाबाट पाँचहजार कुखुराको चल्ला नष्ट गरिदिएको छ । कर बिजक नभएको अवस्थामा पक्राउ गरी चल्ला नष्ट गरिदिएको हो ।
सशस्त्र प्रहरी बल सदरमुकाम सुरक्षा बेस क्याम्पबाट खटिएको चेकपोष्ट टोलिले सिरहा नगरपालिका ७ शिवचोकबाट हुलाकी राजमार्ग हुँँदै पूर्वबाट पश्चिम तर्फ जादै गरेको स.१ च नम्वरको बोलेरो पिकप गाडीमा लैजादै गरेको अवस्थामा तीन लाख ७५ हजार मूल्य बराबरको पाँच हजार चल्ला नियन्त्रणमा लिई नष्ट गरेको हो।
विशेष सुराकीको आधारमा भारतबाट चल्ला कुखुराको चल्ला आउँदै छ भन्ने आधारमा सदरमुकाम सुरक्षा बेस क्याम्पबाट खटिएको चेकपोष्ट टोलिले चल्ला सहित गाडी नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि जिल्ला भन्सार कार्यालय माडरमा बुझाएको सशस्त्र प्रहरी बल, नेपाल नम्वर ७ हेडक्वार सिरहाका प्रमुख एसपी प्रमोद कुमार भारतीले जानकारी दिए।
भन्सार कार्यालयले आवशयक प्रकृया पुरागरी चल्ला आजै नष्ट गरेको हो । सो क्षेत्रबाट भारतीय चल्ला नेपाल तर्फ तस्करी भएर आउने गरेको छ ।
नेपाली चल्लाको मूल्य आजदिनमा ६५–७० रुपैयाँमा किनबेच हुनेगरेको स्थानीय डिलरहरुले बताएका छन्। डिलरले नेपाली चल्ला ५५–६० रुपैयाँ सम्म हाल्नु पर्ने भएकाले भारतीय चल्ला सस्तोमा ल्याएर किसानसँग नेपाली चल्लाकै मूल्य असुल्ने गरेको व्यवसायीहरुकै भनाई रहेको छ।
सप्तरी घर भएर चोहर्वामा बसेर व्यवाय गरिरहेका सुरज साहको गाडी रहेको बताइएको छ। उनको गाडी प्रयोग भएपनि अरुले नै चल्ला ल्याएको बताइन्छ।
सशस्त्र प्रहरी सिरहाले आजै नौ लाख ७५ हजार बराबरको विभिन्न ब्राण्डको बोवाईल र मोवाइलका पार्टस्हरु बरामद गरेको छ। सशस्त्र प्रहरी भारतबाट नेपाल तर्फ अवैधरुपमा मोटरसाइकलमा ल्याईरहेको मोवाईल र मोवाईलका पार्टसहरु सिरहा नपा १७ पटेर्वाबाट बरामद गरेको हो।
बरामद गरिएको सामाग्री र मोटरसाइकल आवश्यक कार्वाहीको लागि भन्सार कार्यालयमा बुझाएको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…