युवकलाई बिजुलीको पोलमा बाँधेर कुटपिट गरेको आरोपमा एक युवक पक्राउ
उनीसहित केही व्यक्तिहरूले सोही ठाउँका प्रिन्स अन्सारीलाई गत आइतबार बिजुलीको पोलमा बाँधेर कुटपिट गरेका थिए। कुटपिट गरेको भिडिओ समेत सामाजिक सञ्जालमा भाइरल बनेको थियो।

२०८० साउन १७ बुधबार, राति ९:१९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । रौतहटमा बिजुलीको पोलमा बाँधेर कुटपिट गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
गौर नगरपालिका -३ पोखरिया टोलस्थित मस्जिद छेउमा रहेको बिजुलीको पोलमा बाँधेर कुटपिट गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी उमाशंकरप्रसाद यादवका अनुसार पक्राउ पर्नेमा ३८ वर्षीय साजिद अन्सारी छन्।
उनीसहित केही व्यक्तिहरूले सोही ठाउँका प्रिन्स अन्सारीलाई गत आइतबार बिजुलीको पोलमा बाँधेर कुटपिट गरेका थिए।
कुटपिट गरेको भिडिओ समेत सामाजिक सञ्जालमा भाइरल बनेको थियो।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…