न्यूज ब्यूरोको प्रभावः जलेको ट्रान्सफर्मर हटाएर आज नयाँ ट्रान्सफर्मर जडान गरिदैँ
विद्युत प्राधिकरणको लहान शाखालाई लक्षित गरी न्यूज ब्यूरोमा शुक्रबार समाचार प्रकाशित भएपछि शनिबार बिहानै नयाँ ट्रान्सफर्मर जडानको लागि कर्मचारी पठाएर जडान कार्य गरिरहेको छ । नयाँ विद्युतिय ट्रान्सफर्मर लगाउन थालेपछि सो टोलवासीमा खुसीको माहौल छाएको छ ।

२०८० साउन १३ शनिबार, बिहान ९:११ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । विगत ४ दिनदेखि अँध्यारोमय जीवन बिताएका सुखिपुर नगरपालिका वडा नं. ३ कुशहा लक्ष्मीनियाँमा आज नयाँ विद्युतिय ट्रान्सफर्मर जडान गर्न लागिएको छ ।
सिरहाको सुखिपुर नगरपालिका वडा नं. ३ को कुशहा लक्ष्मीनियाँमा विगत तीनदिनदेखि ट्रान्सफर्मर जल्दा अन्धकार भएका सिँगो टोल र किसानहरु पीडित भएपछि न्यूज ब्यूरोले शिर्षकको समाचार प्रकाशित गरेको थियो । शुक्रबार समाचार प्रकाशित भएपछि शनिबार बिहानै नेपाल विद्युत प्राधिकरण लहान शाखाले ट्रान्सफर्मर जडान गर्न गाउँ पुगेको हो ।
किसानहरुले खेतमा मोटर सिँचाई थालेपछि लोड थाम्न नसकेर सुखियपुर नगरपालिका वडा नं. ३ कुशहा लक्ष्मीनियाँको ट्रान्सफर्मर जलेपछि त्यहाँका बासिन्दा विगत तिनदिन देखि अन्धकारमा जिउन बाध्य भएका थिए ।
आकाशे पानी नहुँदा बोरिँगबाटै सिँचाईको विकल्प भएको त्यहाँका किसानहरु अधिक समस्यामा परेका थिए । बिजुली नहुँदा उनीहरुले सिचाईको अभावमा खेतपाती समेत गर्न धौधौँ भएपछि वडा नं. ३ का वडाध्यक्ष हरेराम यादव, कानुनका विद्यार्थी गुमस्ता कुमार यादव, मदन सेन श्रीवास्तब, बिशो प्रसाद यादव, रामकुमार यादव, शिव दयाल महतो, बिरेन्द्र सरलगायत सो टोलका स्थानीय बुद्धिजीवीहरुले घचघचाका थिए ।

यसको लागि सुखिपुर नगरपालिका वडा नं. ३ बाट वडाध्यक्ष हरेराम यादवले समेत लहान ग्रीडलाई पत्राचार गर्दै यथाशिघ्र ट्रान्सफर्मर जडान गरिदिन आग्रह गरेपनि विद्युत फ्यूज शाखा लहानले खासै चासो नदेखाएपछि न्यूज ब्यूरोलाई गुहारेका थिए । वडा कार्यालयले दर्ता गराएको पत्रमा ईन्जिनीयरलाई सम्बोधन गरी तोक लगाएपनि ईन्जिनीयरले ट्रान्सफर्मरको लागि कुनै चासो नलिएपछि न्यूज ब्यूरोले समाचार प्रकाशित गरेको थियो ।
विद्युत प्राधिकरणको लहान शाखालाई लक्षित गरी न्यूज ब्यूरोमा शुक्रबार समाचार प्रकाशित भएपछि शनिबार बिहानै नयाँ ट्रान्सफर्मर जडानको लागि कर्मचारी पठाएर जडान कार्य गरिरहेको छ । नयाँ विद्युतिय ट्रान्सफर्मर लगाउन थालेपछि सो टोलवासीमा खुसीको माहौल छाएको छ ।
पहिलो समाचार पढनुहोस्

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्


















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…