मुस्लिमहरुको पर्व मोहरमप्रति अतिवादी सोंचलाई बहिष्कार गरौँः राष्ट्रिय मुस्लिम परिषद
कतारस्थित गठन भई नेपालमा समेत सँचालनमा रहेको राष्ट्रिय मुस्लिम परिषद्ले विहिबार एक प्रेस विज्ञप्ति जारी गर्दै जनकपुधामको बाह्रविघा मैदान सार्वजनिक मैदान रहेको भन्दै सो मैदानमा दाहा खेल्दा कसैलाई आपत्ति नहुनुपर्ने उल्लेख गरेको छ ।

२०८० साउन ११ बिहीबार, राति ९:२० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मुस्लिम धर्मावलम्बीहरुको मोहरम पर्वमा खेलिने दाहामा प्रदर्शन गरिने हातहतियारप्रति समाजिक सँजालमा अडकलबाजी चलेपछि राष्ट्रिय मुस्लिम परिषद कतार, नेपाल नामक सँस्थाले अतिवादी सोंचको सँज्ञा दिएको छ ।
कतारस्थित गठन भई नेपालमा समेत सँचालनमा रहेको राष्ट्रिय मुस्लिम परिषद्ले विहिबार एक प्रेस विज्ञप्ति जारी गर्दै जनकपुधामको बाह्रविघा मैदान सार्वजनिक मैदान रहेको भन्दै सो मैदानमा दाहा खेल्दा कसैलाई आपत्ति नहुनुपर्ने उल्लेख गरेको छ ।

विगत केही दिनदेखि धर्मको नाममा अतिवादी सोंचका व्यक्तिहरुले समाजमा सहिष्णुता खलल पार्न खोजेको भन्दै जिल्ला प्रशासन कार्यालय धनुषालाई सदभाव मिलाइदिन आग्रह गरेको हो ।
मोहरम पर्वमा हिन्दु धर्मावलम्बीहरुले समेत दाहा खेल्ने गरेको उल्लेख गर्दै परिषदले अतिवादी सोंचहरुलाई परास्त गरी धार्मिक सदभाव कायम गरिदिन अनुरोध गरेको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…