जनकपुरः रेल्वे स्टेशनबाटै महिलाको २ लाख ७० हजार रुपैयाँ लुटियो
जनकपुरको एनआईसी एसिया बैंकबाट उक्त रकम निकालेर घर जाने क्रममा रेल्वे स्टेशनमा लुटेराले १० हजार बराबरको सुनको गहना र पैसाा राखेको ह्याण्ड ब्याग लुटेर लगेको पीडित सुनिताले बताइन् ।

२०८० साउन ७ आइतबार, राति ८:२८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित रेल्वे स्टेशनबाट एक महिलाको लाखौँ रुपैयाँ लुटिएको छ ।
आईतबार रेल चढ्ने बेलामा उनको रुपैयाँ लुटिएको हो । महिलाका अनुसार, एनआईसी एसिया बैँकबाट २ लाख ७० हजार रुपैयाँ झिकेर गाउँ फर्किने क्रममा रेलमा चढदा उनको ब्याग चोरेर चोर भागेको हो ।
पूर्वी धनुषाको जनकनन्दनी गाउँपालिका वडा नं. ६ कठाल बस्ने स्थानीय सन्जु यादवकी श्रीमति सुनिताकुमारी यादवबाट २ लाख ७० हजार रुपैयाँ लुटिएको प्रहरीमा रिपोर्ट लेखाइएको हो ।
रेलमा चढ्नैबित्तिकै उनले बोकेको ह्याण्ड ब्याग गायब भएको र त्यसमा २ लाख ७० हजार रुपैयाँ रहेको दाबी गरिएको छ ।

जनकपुरको एनआईसी एसिया बैंकबाट उक्त रकम निकालेर घर जाने क्रममा रेल्वे स्टेशनमा लुटेराले १० हजार बराबरको सुनको गहना र पैसाा राखेको ह्याण्ड ब्याग लुटेर लगेको पीडित सुनिताले बताइन् ।
उनका श्रीमान सञ्जु यादव खाडी मुलुकमा छन् । गाउँमा सुनिताले जग्गा खरिद गरेकी थिइन् । जग्गाधनीलाई दिन भनी बैंकबाट निकालिएको रुपैयाँ घर लग्ने क्रममा लुटिएको उनले बताइन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…