नेपाल–भारत बोर्डरमा महिलामाथि गोली प्रहार गरी हत्या
मोटरसाइकलमा सवार दुईजना अज्ञात व्यक्तिले अन्दाजी ३५ वर्षीया महिलालाई गएराति ८ः२० बजे दुई राउन्ड गोली प्रहार गरी भारततर्फ नै भागेको स्थानीय प्रत्यक्षदर्शीहरुलाई उद्धृत गर्दै धनुषा प्रहरीले जनाएको छ ।

२०८० साउन ७ आइतबार, बिहान ९:०४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल–भारतको सीमा क्षेत्रमा एक महिलामाथि गोली प्रहार गरी हत्या गरिएको छ । दुवै देशको खुल्ला सीमा क्षेत्र पर्ने धनुषाको मुखियापट्टि मुसहरनिया गाउँपालिका वडा नं. २ स्थित सो घटना भएको हो ।
दुई देशबीचको दशगजा क्षेत्रमै महिलामाथि गोली प्रहार गरी हत्या गरिएको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार, महिलाको पहिचान अझै खुलेको छैनन् ।
मोटरसाइकलमा सवार दुईजना अज्ञात व्यक्तिले अन्दाजी ३५ वर्षीया महिलालाई गएराति ८ः२० बजे दुई राउन्ड गोली प्रहार गरी भारततर्फ नै भागेको स्थानीय प्रत्यक्षदर्शीहरुलाई उद्धृत गर्दै धनुषा प्रहरीले जनाएको छ ।
सीमा क्षेत्र अनुसार, भारतीय भूमिमा घटना भएकाले भारतीय प्रहरीले लास पोस्टमार्टमका लागि लगेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी वेदप्रसाद गौतमले बताए ।
नेपाल प्रहरी र भारतीय प्रहरीले समन्वय गरी घटनाको अनुसन्धान गरिरहेको डिएसपी गौतमले बताए । उनका अनुसार दशगजा क्षेत्रमा प्रहार भएका गोलीका खोका भेटिएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…