सिरहामा आफ्नै घरको शौचालयमा एक महिला मृत फेला, हत्या गरिएको परिवारजनको आरोप
यता, शान्तीकी माईत पक्षले छोरीलाई हत्या गरी झुण्डयाईदिएको आरोप लगाएका छन् । श्रीमान वैदेशिक रोजगारीमा हुँदा पटक पटक झै झगडा हुँदै आएकोमा मारेर झुण्डयाईदिएको आरोप लगाएको हो ।

२०८० साउन ५ शुक्रबार, बिहान ९:१२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहामा एक महिला आफ्नै घरको शौचालय मृत अवस्थामा फेला परेकी छन् ।
सिरहाको कर्जन्हा नगरपालिका वडा नं. ११ हटलेटवा बस्ने स्थानीय धनिक लाल यादवको छोरा सुधन यादवकी श्रीमति अन्दाजी बर्ष २० की शान्ती यादव आफ्नै शौचालयमा झुण्डिएको अवस्थामा फेला परेकी हुन् ।
सुधनसँग करिब ५ बर्ष अघि किशोरी उमेरमै बिहे गरेकी शान्तीसँग एक २ बर्षिय छोरी रहेकी छन् । उनी शौचालयमा झुण्डिएको अवस्थामा फेला परेकी हुन् । राती २ बजेको समयमा प्रहरीलाई जानकारी गएको ईलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।
मृतको श्रीमान सुधन वैदेशिक रोजगारीको शिलशिलामा रहेका छन् । उनी राती २ बजे झुण्डिएको भेटिएको परिवारजनको बयान छ । यद्यपी, राती २ बजेतर्फको यो घटनाले शंका उत्पन्न गराएको छ । शौचालय जाँदा राती २ बजे उनको घरपरिवारले कसरी देखेको भनेर शंका उत्पन्न गराएको छ । यसबारे प्रहरीले पनि अनुसन्धान थालेको हो । उनको शव पोष्टमार्टमको लागि सिरहा लैजाने तयारी गरिएको हो ।
यता, शान्तीकी माईत पक्षले छोरीलाई हत्या गरी झुण्डयाईदिएको आरोप लगाएका छन् । श्रीमान वैदेशिक रोजगारीमा हुँदा पटक पटक झै झगडा हुँदै आएकोमा मारेर झुण्डयाईदिएको आरोप लगाएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…