मेयर यादवको पहल र अडानपछि कमला नगरपालिकाको वृद्धभत्ता भोलीदेखि वडा कार्यालयमै वितरण हुने
न्यूज ब्यूरोसँगको कुराकानीमा मेयर यादवले बैँकका कर्मचारीहरुले वडामै सेवा दिनेछ । वडा नं. र ५ को हकमा बैँकमै गएर पनि समाजिक सुरक्षा भत्ता लिन सकिने उनले बताए । बैँक ४ र ५ को बीचमै भएकोले सुविधा हुने बताए । यसले बैँकको भीड समेत कम भएर अन्य सेवाग्राहीलाई सहज हुने बताए ।

२०८० साउन १ सोमबार, बेलुकी ७:२२ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको कमला नगरपालिकामा समाजिक सुरक्षा भत्ता भोली मँगलबारदेखि वितरण हुने भएको छ ।
यसपाली कमला नगरपालिकाले वृद्धवृद्धाहरुको समाजिक सुरक्षा भत्ता सम्बन्धित वडा कार्यालयमै गर्ने भएको छ । वडा अनुसार विभिन्न मितिमा समाजिक सुरक्षा भत्ता वितरण हुने भएको छ ।
कमला नगरपालिका पँजीकरण शाखाका प्रमुख अभाष यादवका अनुसार साउन २, ३ र ४ गते वडा नं. १ को भत्ता वितरण हुनेछ । यस्तै, वडा नं. २ को साउन ५,७ र ८ गते वडा कार्यालयमै हुने भएको छ ।
वृद्धवृद्धाहरुलाई बैँकमा सास्ती भोग्नुपरेको जनगुनासो बढेपछि साघारा बैँकमा जानुपर्ने बाध्यता अन्त्य गर्दै नगर प्रमुख विशेश्वर यादवको विशेष पहलमा अब वडामै समाजिक सुरक्षा भत्ता वितरण हुने भएको छ । जस अनुसार वडा नं. ३ को साउन ९,१० र ११ गते, वडा नं. ४ को १२, १४ र १५ गते, वडा नं. ५ मा साउन १६,१७ र १८ गते, वडा नं. ६ को १९,२१ र २२ गते वितरण हुनेछ । यस्तै, वडा नं. ७ को साउन २३,२४ र २५ गते हुनेछ भने वडा नं. ८ को २६,२८ र २९ गते हुनेछ । वडा नं. ९ को भने साउन ३०,३१ र ३२ गते वितरण हुनेछ ।

मेयर यादवका अनुसार, एनआईसी बैँकको साघारा शाखासँग पटक पटक पहलकदमी र सुरक्षाको जिम्मा लिएपछि बैँक तयार भएको हो । बैँकसँग विगत बर्षदेखि नै प्रयास गरेपनि सुरक्षा चुनौति देखाउँदै तयार नभएको अवस्थामा सुरक्षा व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी लिएपछि अब वडास्तरमै भत्ता वितरण हुने भएको छ ।
उनका अनुसार, प्रत्येक वडा कार्यालयमै समाजिक सुरक्षा भत्ता वितरण हुनेछ । जसको लागि प्रहरी समेत परिचालन गरिनेछ । सो क्रममा अपाँग, फरक क्षमता भएका व्यक्ति, अति वृद्ध, अशक्तलाई विशेष प्राथमिकतामा राखेर वितरण हुने बताए ।
न्यूज ब्यूरोसँगको कुराकानीमा मेयर यादवले बैँकका कर्मचारीहरुले वडामै सेवा दिनेछ । वडा नं. र ५ को हकमा बैँकमै गएर पनि समाजिक सुरक्षा भत्ता लिन सकिने उनले बताए । बैँक ४ र ५ को बीचमै भएकोले सुविधा हुने बताए । यसले बैँकको भीड समेत कम भएर अन्य सेवाग्राहीलाई सहज हुने बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…