सर्लाहीको गोडैतामा १५ शैयाका नगरअस्पताल निर्माण हुँदै
गोडैता नगरपालिका वडा नं. ३ सिमरा भगवतिपुर बजारस्थित निर्माण हुन लागेको नगर अस्पतालको गोडैता नगरपालिकाका नगरप्रमुख देवेन्द्र कुमार यादवले आईतबार एक कार्यक्रमबीच शिलान्यास गरेका हुन् ।

२०८० साउन १ सोमबार, बिहान ९:२५ बजे१ मिनेट पढाइ

राधेश्याम कुशवाहा । सर्लाहीको दक्षिणी पश्चिमी सिमावर्ती क्षेत्रमा अवस्थित गोडैता नगरपालिकामा १५ शैयाको नगर अस्पताल निर्माण हुने भएको छ ।
संघिय सरकारको स्वास्थ मन्त्रालयबाट प्राप्त बजेटबाट नगर अस्पताल निर्माणका लागि न्यू ड्रागन निर्माण सेवा, कम्पनी काभ्रेले १७ करोड ३७ लाखमा ठेक्का पाएका छन ।
गोडैता नगरपालिका वडा नं. ३ सिमरा भगवतिपुर बजारस्थित निर्माण हुन लागेको नगर अस्पतालको गोडैता नगरपालिकाका नगरप्रमुख देवेन्द्र कुमार यादवले आईतबार एक कार्यक्रमबीच शिलान्यास गरेका हुन् ।
अस्पतालको भवन निर्माणका लागि फाउण्डेशन राख्ने काम पुरा हुन लागेको न्यू ड्रागन निर्माण सेवा, काभ्रेका संचालक सदस्य कृष्णा सुवेदीले जानकारी दिए ।
उनका अनुसार दुई वर्षभित्र भवन निर्माण सक्नुपर्ने सम्झौता रहेको छ । सोहीअनुरुप कार्य भइरहेको छ । अस्पतालमा ठेक्का सम्झौताअनुसार पाले घर, स्वास्थ्यकर्मी बस्ने आवास, पर्खाल, शौचालय र गेट निर्माण हुनेछन् ।
२ तल्ले निर्माण हु्ने भवनमा अन्दाजी ८० भन्दा बढी कोठाहरु हुने छ । सुवेदीले भने–“यो एउटा सुविधा सम्पन्न अस्पतालको भवन निर्माण हुने बताउदै उहाँले तोकिएको समयमै भवन निर्माण गरिने संचालक सुवेदीले दाबी समेत गरे ।
अस्पतालमा ठेक्का सम्झौताअनुसार पाले घर, स्वास्थ्यकर्मी बस्ने आवास, पर्खाल, शौचालय र गेट निर्माण हुनेछन् ।
स्थानिय स्तरमा सुविधा सम्पन्न अस्पताल निर्माण हुन लागेपछि स्थानियवासी हर्षित भएका छन । स्थानिय स्तरमा अस्पताल निर्माण कार्य सुरु भएपछि स्थानियवासी उत्साहित भएको समाजसेवी यूवा कृष्णा कुशवाहा बताउँछन । यो अस्पताल निर्माण सुरुले नगरको स्वास्थ सेवामा एउटा आशा पलाएको छ र सर्वसाधारणले संघियताको महसुस गर्न पाएको उहाँको भनाई छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…