धनुषाको बटेश्वर गाउँपालिकामा जग्गाको कित्ताकाट सुरु
बटेशवर गाउँपालिकाको सहयोग एरिकम बिल्डर्स प्रा. लि काठमाडौको सहकार्यमा वर्गिकरण तथा कित्ताकाट सम्बन्धि कार्य गरेको प्रबन्ध निर्देशक ई. मन्दिप कुमार ठाकुरले बताए। कार्यक्रममा नापी कार्यालयका प्रमुख सुमन किशोर मिश्र ,मालपोत कार्यालयका प्रमुख, नापी कार्यालयका कर्मचारी ,गाउँपालिकाका कर्मचारी विभिन्न सरोकारवालाहरुको उपस्थित रहेको थियो ।

२०८० असार ३० शनिबार, राति ८:५० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको बटेश्वर गाउँपालिकामा कित्ताकाट वर्गीकरण खुलेको छ ।
कित्ताकाट बन्द हुदा स्थानीयहरु समस्या भोग्दै आएको थियो । जग्गा जमिन बिक्री बन्द हुदा आर्थिक मर्कामा परेको थियो । प्राय नेपालीहरु जमिनमा पैसा लगानी गरेका हुन्छ्न । किटाकाट न खुलेको हुदा समस्या हुँदै थियो त्यसले हामी जिल्लामा दोस्रो पालिकाको रुपमा हामी खोलेका छौ गाउँपालिका अध्यक्ष रामआशिष महतोले बताए ।
सो कार्यक्रम बटेश्वर गाउँपालिकाका अध्यक्ष राम आशिष महतोको अध्यतामा नापी कार्यालय स्थित एक कार्यक्रम आयोजना गरि हस्तान्तरण तथा सर्वाजानिककरण गरिएको थियो ।
आईतवार देखि कार्यान्वयन हुने र विभिन्न क्षेत्र छुटाएको बताईएको छ । कृषि क्षेत्र, घडेरी लगायत अन्य क्षेत्रहरु छुटाएको गाउँपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत संतोष शर्माले जानकारी ।
बटेशवर गाउँपालिकाको सहयोग एरिकम बिल्डर्स प्रा. लि काठमाडौको सहकार्यमा वर्गिकरण तथा कित्ताकाट सम्बन्धि कार्य गरेको प्रबन्ध निर्देशक ई. मन्दिप कुमार ठाकुरले बताए।
कार्यक्रममा नापी कार्यालयका प्रमुख सुमन किशोर मिश्र ,मालपोत कार्यालयका प्रमुख, नापी कार्यालयका कर्मचारी ,गाउँपालिकाका कर्मचारी विभिन्न सरोकारवालाहरुको उपस्थित रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…