आफूले कमाएको पैसा माग्दा अन्धाधुन खुकुरी प्रहार, युवक गम्भिर !
झगडा छुटाउन गएका राजेशलाई नै घेरा हाली विपक्षी बनाइएका सुरज महरा, ईनरजीत महरा, शिला देवी महरा र रोहित महराले मिलेर कुटपिट गरेको बताईएको छ । सोही क्रममा राजेश मण्डलमाथि सुरज महराको परिवारले अन्धाधुन खुकुरी चलाएपछि उनको घाँटी काटिएको छ ।

२०८० असार ३० शनिबार, राति ८:३६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । आफूले कमाएको पैसा माग्दा एक साथीले अन्धाधुन खुकुरी प्रहार गरी एक युवकलाई गम्भिर घाईते बनाएको छ ।
सिरहा जिल्लाको मिर्चैया नगरपालिका वडा नं. २ मल्हनीया खोरिस्थित शुक्रबार राती करिब १० बजेको समयमा आँप झारेवापतको पैसा आफ्नो साथीसँग माग्दा खुकुरी प्रहार गरेको जनाईएको छ । स्थानीय विष्णुदेव मण्डलको छोरा बर्ष २२ को राजेश मण्डलमाथि खुकुरी प्रहार भएको हो ।
खोरिस्थित एक ठेकेदारको आँप टिप्ने वापत सोही ठाउँ बस्ने स्थानीय सुरज महरा र प्रेम कुमार महराबीच झगडा हुँदा राजेशमाथि खुकुरी प्रहार भएको हो । ठेकेदारले आँप बेचेपछि पैसा दिने भनेपछि सुरज र प्रेम घर आएका थिए । केही बेरपछि सुरज एक्लै ठेकेदारलाई भेटर प्रेमको समेत पैसा लिएर गएको प्रेमको आमाले दिएको जाहेरीमा उल्लेख छ ।
प्रेमले आफूलाई जानकारी नै नदिई ठेकेदारबाट रकम लिएको भन्दै उनले आफ्नो फाँटको रुपैयाँ मागेका थिए । सुरजले प्रेमलाई पैसा नदिने र उल्टै धाकधम्की, गाली गलौज गरेको उल्लेख जाहेरीमा गरिएको छ । प्रेमकी आमा बर्ष ४० की सन्जु देवी महराले विपक्षी सुरज महरासहित अन्य ३ जनाउपर दिएको जाहेरीमा प्रेमलाई घेरा हालेर कुटपिट गरेपछि राजेश र उनका ज्वाई बचाउ गर्न गएका थिए ।
झगडा छुटाउन गएका राजेशलाई नै घेरा हाली विपक्षी बनाइएका सुरज महरा, ईनरजीत महरा, शिला देवी महरा र रोहित महराले मिलेर कुटपिट गरेको बताईएको छ । सोही क्रममा राजेश मण्डलमाथि सुरज महराको परिवारले अन्धाधुन खुकुरी चलाएपछि उनको घाँटी काटिएको छ ।
घाँटी बाँयापट्टि करिब १ ईन्च भित्रसम्म काटिएको छ । घाँटीमै खुकुरी प्रहार भएपछि सोही ठाउँमा ढलेका मण्डललाई स्थानीयहरुले एम्बुलेन्समा हाली उपचारको लागि अस्पताल पठाएको थियो । चारै जनाउपर किटानी जाहेरी दिएको छ । चारै जना फरार भएको प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…