'पिता परमेश्वर' को नाममा धर्म परिवर्तन गराउने शिविर बन्द गर्न सिडिओलाई ज्ञापन
नेपालको संविधान र कानुनको ठाडो उल्लंघन गर्दै धनुषाका गाउँ–गाउँमा धर्मान्तरण शिविरहरू सञ्चालन भइरहेको र ती शिविरहरु निर्वाध रुपमा सञ्चालन भइरहेको उल्लेख गर्दै यस्ता क्रियाकलाप हिन्दू समुदायको अधिकार विपरीत भएको ज्ञापनपत्रमा जनाइएको छ। यसरी,गैरकानूनी रुपमा भइरहेको धर्म परिवर्तनलाई तत्काल रोक्न र धर्मान्तरण शिविरहरू

२०८० असार २९ शुक्रबार, बिहान १०:०२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धर्म परिवर्तन गराउने शिविर वन्द गर्न धनुषाका सीडीओलाई ध्यानाकर्षण गराएका छन् ।
राष्ट्रिय एकता अभियानमा आवद्ध युवाहरुको समूहले बिहीबार धनुषाका सीडीओलाई ज्ञापनपत्र बुझाउँदै गैरकानुनी धर्म परिवर्तन रोक्न ध्यानाकर्षण गराएको छ ।
बहुसंख्यक हिन्दू जनसंख्या भएको देशमा इसाइ मिसनरीहरूद्वारा पैसा र प्रलोभन देखाएर धर्मपरिवर्तनका घट्ना बढी रहेकोले त्यसलाई रोक्न ज्ञापनपत्रमा माग गरिएको छ ।
नेपालको संविधान र कानुनको ठाडो उल्लंघन गर्दै धनुषाका गाउँ–गाउँमा धर्मान्तरण शिविरहरू सञ्चालन भइरहेको र ती शिविरहरु निर्वाध रुपमा सञ्चालन भइरहेको उल्लेख गर्दै यस्ता क्रियाकलाप हिन्दू समुदायको अधिकार विपरीत भएको ज्ञापनपत्रमा जनाइएको छ।
यसरी,गैरकानूनी रुपमा भइरहेको धर्म परिवर्तनलाई तत्काल रोक्न र धर्मान्तरण शिविरहरू बन्द गर्न आग्रह गर्दै अन्यथा त्यस्ता शिविरहरू रोक्नका उपयुक्त कदम चालिने चेतावनीसमेत दिइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…