मनिपाल शिक्षण अस्पतालले ‘मनिपाल एक्सप्रेसन कार्यक्रम –२०२३’ आयोजना गर्दै
न्यूज ब्यूरो, काठमाडौँ। पोखराको मणिपाल कलेज अफ मेडिकल साइन्सले त्यहाँ अध्ययनरत करिब ८ सय विद्यार्थी, डाक्टर तथा नर्सलाई आगामी ६ साउनदेखी तिन हप्तासम्मका लागि अतिरिक्त क्रियाकलाप आयोजना गर्ने भएको छ । मनिपाल शिक्षण अस्पतालले ‘मनिपाल एक्सप्रेसन कार्यक्रम –२०२३’ आयोजना गर्न लागेको छ । एक्सप्रेसन कार्यक

२०८० असार २८ बिहीबार, बिहान ११:३६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौँ। पोखराको मणिपाल कलेज अफ मेडिकल साइन्सले त्यहाँ अध्ययनरत करिब ८ सय विद्यार्थी, डाक्टर तथा नर्सलाई आगामी ६ साउनदेखी तिन हप्तासम्मका लागि अतिरिक्त क्रियाकलाप आयोजना गर्ने भएको छ ।
मनिपाल शिक्षण अस्पतालले ‘मनिपाल एक्सप्रेसन कार्यक्रम –२०२३’ आयोजना गर्न लागेको छ । एक्सप्रेसन कार्यक्रम जुलाई २२ ( साउन ६ ) बाट हुन लागेको कार्यक्रम सचिव डा. राहुल गोइतले बताए । कोभिडले ग्रसित भएको मुहारमा यस्ता कार्यक्रमले उर्जा थप्ने बताए । उनले कार्यक्रममा विभिन्न विधा अन्तर्गतमा खेलकुद, डान्स, व्यान्डको गायन, कविता, कथा लेखन, बादविवाद प्रतियोगिता लगायत गतिविधिहरु समावेश गरिने जानकारी दिए ।
कलेजका निर्देशक डा. अभिषेक मास्केले चिकित्सा विज्ञानमा अध्ययन गरिहेका तथा दैनिक बिरामी चेकजाँचमा व्यस्त रहेका डाक्टर, नर्सलाई ‘रिफ्रेस’ गराउनका लागि कलेज परिसरकै सभाहल, फुटबल तथा बास्केटबल मैदानमा विभिन्न प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिए ।
‘डाक्टर, नर्सको दैनिकको काम र चिकित्सा विज्ञानका विद्यार्थीहरुलाई पढाईको चापबाट केही हलुका बनाउन विभिन्न सांस्कृतिक कार्यक्रम, खेलकुद, फाइन आर्टलगायतका प्रतियोगितामा सहभागी गराउन लागेका हौं’ डा. मास्केले भने, ‘यसबाट उनीहरुमा नयाँ ऊर्जा प्राप्त भई काम र पठन पाठनमा थप सहयोग मिल्ने अपेक्षा छ ।’
उनका अनुसार विगतमा बर्षेनी यस्ता कार्यक्रम हुँदै आएपनि कोराना भाइरसको संक्रमणका कारण सन् २०१९ देखी रोकिएको थियो । त्यसपछि भने पहिलो पटक कार्यक्रम आयोजना हुन लागेको उनले जानकारी दिए ।
पठन पाठन र अस्पतालबाट प्रवाह हुने सेवामा कुनै असर नपर्ने गरी कार्यक्रमहरु संचालन हुने निर्देशक डा. मास्केले बताए । सो इभेन्टमा एमबिबिएसका विद्यार्थी, इन्टर्नसीप र नर्सिङ पढिरहेका विद्यार्थीहरुको सहभागिता रहेको कार्यक्रम आयोजनाका लागि गठित समितिका सचिव डा. राहूल गोइतले जानकारी दिए । ‘तीन बर्षपछि हुन लागेको कार्यक्रमलाई लिएर सबै जना उत्साहित छौं’ उनले भने ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…