मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन, खोज्न अल्टिच्युडको हेली पठाइँदै
न्युज ब्यूरो ,काठमाडौं । मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ । सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको हेलिकोप्टर सम्पर्कविहीन भएको हो । मनाङ एयरको हराइरहेको हेलिकप्टरको खोजीमा काठमाडौंबाट अल्टिच्युड एयरको हेलिकप्टर पठाइने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौल

२०८० असार २६ मंगलबार, बिहान ११:४१ बजे१ मिनेट पढाइ

न्युज ब्यूरो ,काठमाडौं । मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ । सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको हेलिकोप्टर सम्पर्कविहीन भएको हो ।
मनाङ एयरको हराइरहेको हेलिकप्टरको खोजीमा काठमाडौंबाट अल्टिच्युड एयरको हेलिकप्टर पठाइने भएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलका अनुसार लामजुरा पास आसपासको क्षेत्रमा खोजी केन्द्रित गरी हेलिकप्टर पठाउन लागिएको छ ।
मनाङ एयरका प्रबन्धक राजु न्यौपानेका अनुसार ९एनए-एमभी कलसाइन भएको हेलिकप्टर बिहान १० बजेर १ मिनेटपछि सम्पर्कमा छैन ।
काठमाडौंबाट लुक्ला उडानमा यो पास बीचमा पर्छ । मनाङ एयरको एनएलए–एमभी हेलिकप्टर लुक्लास्थित सुर्केबाट काठमाडौंका लागि उडेपछि सम्पर्कबिहीन भएको थियो । हेलिकप्टरमा ६ जना सवार छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…