सिरहामा मृत अवस्थामा एक पुरुषको शव फेला
न्यूज ब्यूरो, सिरहा। सिरहाको नरहा गाउँपालिका वडा नम्बर ३ स्थित नयाँ चोहर्वामा रहेको सव डिभिजन वन कार्यलयको अगाडि मृत अवस्थामा एक पुरुषको शव फेला परेको छ । पूर्व-पश्चिम राजमार्ग अन्तरगत पर्ने नयाँ चोहर्वामा सडक छेउमै लडेर मृत्यु भएको अवस्थामा एक पुरुषको शव फेला परेको हो । पुरुषले निलो पेन्ट, कालो सर्

२०८० असार २१ बिहीबार, दिउँसो १:११ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा। सिरहाको नरहा गाउँपालिका वडा नम्बर ३ स्थित नयाँ चोहर्वामा रहेको सव डिभिजन वन कार्यलयको अगाडि मृत अवस्थामा एक पुरुषको शव फेला परेको छ ।
पूर्व-पश्चिम राजमार्ग अन्तरगत पर्ने नयाँ चोहर्वामा सडक छेउमै लडेर मृत्यु भएको अवस्थामा एक पुरुषको शव फेला परेको हो । पुरुषले निलो पेन्ट, कालो सर्ट, मुखमा कालो माक्स, टाउकोमा कालो टोपी र साइकलको पहाडीमा झोला र छाता रहेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जानकारी दिए ।
मृत अवस्थामा फेला परेको शवको पहिचान अहिले सम्म खुल्न नसकेको इलाका प्रहरी कार्यलय मिर्चैयाका इन्स्पेक्टर सोनु साहले जानकारी दिए । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…