जनकनन्दिनी गाउँपालिकामा जनतासँग सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न
कार्यक्रममा वडा नं. २ का वडाध्यक्ष अब्दुल मालिक, वडा नं. ३ का विष्णुदेव साह, वडा नं. ४ का दिलिप कुमार यादवसहित दोस्रो कार्यक्रममा वडा नं. ५ का वडाध्यक्ष अशोक कुमार मण्डल, वडा नं. ६ का सूर्यदेव यादव, वडा नं. १ का वडासदस्यहरुसहित स्थानीय जनप्रतिनीधि, कर्मचारीहरु, विभिन्न शाखाका कर्मचारीहरु, समाजसेवी, विद्यार्थी, अधिकारकर्मी, प्रहरी प्रशासनको समेत सहभागीता रहेको थियो ।

२०८० असार १६ शनिबार, राति १०:०४ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको जनकनन्दिनी गाउँपालिकामा शनिबार ६ वटै वडाको लागि योजनाहरुको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।
जनकनन्दिनी गाउँपालिका वडा नम्बर २, ३ र ४ को लागि वडा नम्बर २ को बलहा विद्यालयस्थित योजनाहरुको सार्वजनिक सुनुवाई सम्पन्न भएको हो ।
बलहा बजार क्षेत्रमा नगर सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो । आयोजना गरिएको नगरपालिकाको वडा नम्बर २, ३ र ४ को योजनाहरुको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।
शुक्रबार दिउँसो १ बजेदेखि सुरु भएको सार्वजनि सुनुवाई अपरान्ह करिब ४ः५० बजेसम्म सँचालन भएको आयोजकले जनाएको छ ।
जनकनन्दिनी गाउँपालिकाको आयोजना तथा समाजिक सँस्था दुधमति मिडिया प्रा.लि. को समन्वयमा ६ वटै वडाको दुई ठाउँमा भेला गरी योजनाहरुको सार्वजनिक सुनुवाई कार्यक्रम गरेको हो ।
विभिन्न वडाबाट आएका जनप्रतिनीधि, नागरिक समाज, अगुवा, राजनीतिक दलका प्रतिनीधिहरुको रोहबरमा सम्पन्न सार्वजनिक सुनुवाई कार्यक्रममा जनप्रतिनीधिहरुसँग जनताहरुले सीधा सबाल जवाफ गरेको थियो ।
सो क्रममा उपस्थित जनप्रतिनीधिहरुले नागरिकको गुनासो, समस्या टिपोट गरी जवाफ फर्काएको थियो । त्यसअघि विगतको आर्थिक बर्षहरुको आय व्यय सार्वजनिकीकरण, योजनाहरुको सहित चालु आर्थिक बर्षको योजनाहरुको बारेमा समेत नागरिकलाई सुनाइएको थियो ।
जनकनन्दिनी गाउँपालिकाले ६ बर्षमा प्रथम पटक सार्वजनिक सुनुवाई कार्यक्रम गरेको हो ।
कार्यक्रममा उपस्थित नागरिक समाज, शिक्षक, समाजसेवीहरुले समय समयमा सार्वजनिक सुनुवाई गर्ने जनकनन्दिनी गाउँपालिका पनि रहेको भन्दै प्रशँसा गरेको थियो ।
सार्वजनिक सुनुवाई कार्यक्रमको प्रत्यक्ष प्रसारण जनकपुरधामस्थित अप्पन टेलिभिजन एचडीबाट समेत गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रममा वडा नं. २ का वडाध्यक्ष अब्दुल मालिक, वडा नं. ३ का विष्णुदेव साह, वडा नं. ४ का दिलिप कुमार यादवसहित दोस्रो कार्यक्रममा वडा नं. ५ का वडाध्यक्ष अशोक कुमार मण्डल, वडा नं. ६ का सूर्यदेव यादव, वडा नं. १ का वडासदस्यहरुसहित स्थानीय जनप्रतिनीधि, कर्मचारीहरु, विभिन्न शाखाका कर्मचारीहरु, समाजसेवी, विद्यार्थी, अधिकारकर्मी, प्रहरी प्रशासनको समेत सहभागीता रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…