धनुषाको नगराईन नगरपालिकामा जालसाजीको पराकाष्ठा, नागरिकता दुरुपयोग गरी चापाकल हजम्म
स्थानीय बैयाबति देवीले आफू हातेकलको लागि कहिले पनि नागरिकता वा फोटोकापी नदिएपनि आफ्नो नाममा अरुले हातेकल लिएको बताएकी छन् । अनुगमनको क्रममा बैयाबतिको घरमा अनुगमन टोली पुगेपछि रहस्य खुलेको हो ।

२०८० असार १६ शनिबार, बिहान ७:१७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । दक्षिणी धनुषाको नगराईन नगरपालिकास्थित नागरिकताको प्रतिलिपि दुरुपयोग गरी चापाकल हजम्म गरेको रहस्य बाहिर आएको छ ।
नगराईन नगरपालिका वडा नं. ३ मा फुलगामा टोलमा अति गरिव, विपन्नलाई हातेकल वितरणको लागि बजेट विनियोजन गरिएकोमा हातेकल नपाएको व्यक्तिको नाम समेत सूचिमा उल्लेख गरिएको छ ।
स्थानीय बैयाबति देवीले आफू हातेकलको लागि कहिले पनि नागरिकता वा फोटोकापी नदिएपनि आफ्नो नाममा अरुले हातेकल लिएको बताएकी छन् । अनुगमनको क्रममा बैयाबतिको घरमा अनुगमन टोली पुगेपछि रहस्य खुलेको हो ।
बैयाबतिले आफू कहिले कसैलाई नागरिकता नदिएको बताउँदै वडा कार्यालयमा विभिन्न प्रयोजनमा दिएको नागििरकताको प्रतिलिपी बिना अनुमति दुरुपयोग गरी अरुले हातेकल निकालेको आरोप लगाएकी छन् ।
हातेकल जडानको लागि २१९ फिट मुनी जडान गर्नुपर्ने उल्लेख गरिएको छ । यद्यपी, बैयाबति देवीले कल नै पाएकी छैनन् । बैयाबतिको नाममा अरुले कल निकालेर खाएको आरोप उनको छ ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…