जनकपुरको राराब क्याम्पस वरिपरि सूर्तिजन्य पदार्थ बेच्न प्रतिबन्धः सिडिओ दाहाल
उनले भने, “सुरुको फेजमा हामीले सरकारी कार्यालय, विद्यालय, मठ मन्दिरको २०० मिटर आसपासमा सूर्तिजन्य, मदिरा विक्री वितरण नगर्न चेतना फैलाउने कार्य सुरु गरेका छौँ , नियम कानुन पालनाको लागि सीधा चाप नदिई विस्तारै चेतनामार्फत निर्मूल पार्ने कार्य अगाडी बढाएका छौँ । यसको लागि यहाँका जनप्रतिनीधि र प्रहरीसँग सहकार्य गरिएको छ ।”

२०८० असार १५ शुक्रबार, बिहान ६:३४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) काशिराज दाहालले राराब क्याम्पसको वरिपरि सूर्तिजन्य पदार्थ विक्रिी वितरणमा रोक लगाएको बताएका छन् ।
सरकारको कानुन अनुसार विद्यालय क्षेत्रको २०० मिटर वरिपरि सूर्तिजन्य पदार्थ, रक्सी, लागू पदार्थहरु विक्री वितरण गर्न पाउँदैन, सोही कानुन कार्यन्वयनको लागि विहिबार सिडिओ दाहालले आफैँ पुगेर अनुमगन गरेका छन् ।
राराब क्याम्पसको २०० मिटर वरिपरिको पसलहरुमा सूर्तिजन्य पदार्थ विक्री वितरण गर्न उनले रोक लगाएका हुन् । विहिबार जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज साह र राराब क्याम्पसका स्ववियू अध्यक्ष मनिष यादवसँगको सहकार्यमा कलेज आसपास क्षेत्रमा सूर्तिजन्य पदार्थ विक्री वितरण गर्न रोक लगाएको हो ।
यसका साथै, जनकपुरधामको मठ मन्दिर, सरकारी कार्यालयहरुको २०० मिटर आसपास क्षेत्रमा समेत यस्ता पदार्थहरु विक्री वितरण गर्न रोक लगाउने गरी जनचेतना कार्यक्रम गरेको बताए । उनले एकै पटक यस्ता कार्यहरु रोकिने सम्भावना न्यून रहेको भन्दै चेतना मार्फत प्रभावकारी बनाउने बताए ।
उनले भने, “सुरुको फेजमा हामीले सरकारी कार्यालय, विद्यालय, मठ मन्दिरको २०० मिटर आसपासमा सूर्तिजन्य, मदिरा विक्री वितरण नगर्न चेतना फैलाउने कार्य सुरु गरेका छौँ , नियम कानुन पालनाको लागि सीधा चाप नदिई विस्तारै चेतनामार्फत निर्मूल पार्ने कार्य अगाडी बढाएका छौँ । यसको लागि यहाँका जनप्रतिनीधि र प्रहरीसँग सहकार्य गरिएको छ ।”
सुरुमा चेतावनी दिने गरी कार्य बढाउने भन्दै अटेरी गरेको खण्डमा कानुन बमोजिम नै प्रहरी लगाएर कार्यन्वय गर्न बाध्य हुने बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…