देशैभरि बकर ईद मनाइदै, आज सार्वजनिक विदा
निःसन्तान इब्राहिमले सन्तान प्राप्तिका लागि अल्लासँग दुवा माग्दै भनेका थिए कि यदि अल्लाहले मलाई सन्तान सुख दियो भने म कुर्बानी गर्छु । सोही अनुरुप अल्लाहले निजको परीका लागि सपनामा कुर्बानी गर्न आदेश दिँदा उनले धेरै जनावरको कुर्बानी त गरे तर अल्लाह खुशी भएनन् ।

२०८० असार १४ बिहीबार, बिहान ८:३१ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । इस्लाम धर्मावलम्बीहरूले आजबिहीबार० महान् चाड बकरिद (इद उल अजहा) मनाउँदै छन् ।
देशभरीका मुस्लिम समुदायहरु पैगम्बर हजरतले आफ्नो प्रिय वस्तु कुर्वानी गरेको दिनलाई सम्झिदै बकरिद मनाउँदै छन् । सोही अवसरमा मधेश प्रदेशका मुख्यमन्त्रीले सबैको परिवारमा सुख, शान्ति र समृद्धिको कामना गर्दै शुभकामना दिएका छन् । ‘तपाईहरु माथि सधैं अल्लाहको कृपा बर्सिरहोस् । सम्पूर्ण मनोकामना पनि पूरा होस् । अल्लाहले सबैको दुआ कवुल गरोस् । सारा परिवारमा शुख, शान्ति र समृद्धि छाओस् भनी हार्दिक शुभकामना व्यक्त गर्दछु’ विज्ञप्तिमा उल्लेख छ ।
बकरिद पर्व रमजान अर्थात् इदुलफित्र पछिको दोस्रो ठूलो चाड हो । रमजान पर्वको ७० औँ दिनमा मनाउने यो पर्वमा आर्थिकरूपमा सबल मानिसहरू हज गर्न साउदी अरबको मक्का मदिना जाने गर्छन् । यस पर्वमा अल्लालाई खुशी पार्न मुसलमानहरूले धर्मले जायज मानेका जनावरलाई बलि (कुर्बानी) दिने गर्दछन् ।
धार्मिक मान्यता अनुसार अल्लाका नवी (दूत) इब्राहिम अलि सलामले ९० वर्षको उमेरमा पत्नी हाजराबाट प्राप्त गरेको सन्तान छोरा इस्माइललाई कुर्बानी गर्नुपर्ने आदेश पालना गर्न लाग्दा अल्लाह प्रसंग भएर इस्माइलको कुर्बानीको सटृा स्वर्ग (जन्नत) मा पालिएका दुम्बाको कुर्बानी गरिएकाले सोही बमोजिम अहिलेसम्म पशुको कुर्बानी दिने धार्मिक मान्यतालाई मुसलमानहरूले कायम राखेको पाइएको छ ।
निःसन्तान इब्राहिमले सन्तान प्राप्तिका लागि अल्लासँग दुवा माग्दै भनेका थिए कि यदि अल्लाहले मलाई सन्तान सुख दियो भने म कुर्बानी गर्छु । सोही अनुरुप अल्लाहले निजको परीका लागि सपनामा कुर्बानी गर्न आदेश दिँदा उनले धेरै जनावरको कुर्बानी त गरे तर अल्लाह खुशी भएनन् ।
अन्त्यमा उनले आफ् ना सबैभन्दा प्यारा छोरालाई नै कुर्बानी गरी अल्लाहलाई खुशी गराउन खोजेपछि उनको परीक्षामा सफल भएकाले कुर्बानी गर्ने स्थानमा मानिसको नभइ पालिएका दुम्बाको कुर्बानी दिइएको थियो । कुर्बानीको मासु तीन भागमा बाँडी वितरण गरिन्छ । एक भाग गरीब एवं विपन्न परिवारलाई,अर्को भाग आफ्ना इष्टमित्रलाई र अर्को एक भाग आफू खानुपर्ने धार्मिक मान्यता छ ।
सो अवसरमा सरकारले आज सार्वजनिक बिदा दिइएको छ । गृह मन्त्रालयले सार्वजनिक सूचना जारी गरी असार १४ गते बकरिद पर्व भएकाले सार्वजनिक बिदा दिइएको जनाएको छ । मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माद्धारा जारी उक्त सूचनाका अनुसार नेपाल राजपत्रमा प्रकाशित गत चैत २ को सूचना अनुसार इस्लाम धर्मावलम्बिको पर्व बकरिद भएकाले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…