साह परिवारले घेरा हालेर बुवाको हत्या गरेः शर्मा परिवार 

२०८० असार ८ शुक्रबार
बिहान १०:१२ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । जग्गा सम्बन्धी विवाद हुँदा एक वृद्धको हत्या गरिएको दाबी गरिएको छ । 

क्षीरेश्वरनाथ नगरपालिका – ९ कुम्हरौलमा पर्ने जनकपुरधाम–ढल्केवर राजमार्गमा दुई पक्षबीच विवाद हुँदा ७० वर्षीय भोला ठाकुर बरहीको मृत्यु भएपछि परिवारजनले हत्या गरेको दाबीसहित प्रहरी पुगेका छन् ।

जग्गा सम्बन्धी विवादमा बटेश्वर गाउँपालिका वडा नं. ५ शान्तिपुरका सुनिल साहले कोदालोले प्रहार गर्न भन्दै धक्काधुक्की दिएपछि उनको तत्कालै मृत्यू भएको जनाइएको छ । 

यद्यपि अर्को पक्षले होहल्ला मात्रै भएको र कुटपिट नभएको दाबी गर्दै आएका छन् । अहिले मृतक भोलाको शव पोस्टर्माटमका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको छ । प्रहरी घटनास्थल पुगेर मुचुल्का उठाएको डीएसपी गौतमले बताए । मृतक भोलाका छोरा श्याम शर्माले इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरमा जाहेरी दिएका छन् । उनले सुनिल साह र अनिल चौधरीलाई विपक्षी बनाइ ज्यान मार्ने सम्बन्धी मुद्दा दर्ताका लागि जाहेरी दिएको बताएका छन् । जाहेरी परेको प्रहरीले पनि पुष्टी गरे । तर यस विषयमा आवश्यक अनुसन्धान गरी मात्रै आरोपिमाथि मुद्दा चलाउने प्रहरीको तयारी छ । पोष्टमार्टमको रिर्पोटपछि मात्र अनृुसन्धानको प्रक्रिया निष्कर्षमा पुग्न सक्ने प्रहरीको कथन छ । 

इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा सयौं स्थानीय वासिन्दाहरुले मुद्दा दर्ताको माग गर्दै प्रदर्शनसमेत गरेका थिए । उनीहरुले ठाकुरको हत्यामा साह र चौधरीको संलग्नता रहेको आरोप लगाएका छन् ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

लामा नङ पालेर मधेशको नाम उच्च पार्छु : यादव

  • २०८० असार ८ शुक्रबार
  • न्यूज ब्यूरो, नेपाल

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर-२ को अस्थायी राजधानी जनकपुरका एक युवकले आफ्नो नँग (नौह) बाट पहिचान स्थापित गर्ने धोको राखेका छन् । जनकपुरधाम उपमहागनरपालिका वडा नं. १७ कनकपट्टि बस्ने दिनेश

पूरा पढ्नुहोस्

Bureau Menus