साह परिवारले घेरा हालेर बुवाको हत्या गरेः शर्मा परिवार 

२०८० असार ८ शुक्रबार
बिहान १०:१२ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । जग्गा सम्बन्धी विवाद हुँदा एक वृद्धको हत्या गरिएको दाबी गरिएको छ । 

क्षीरेश्वरनाथ नगरपालिका – ९ कुम्हरौलमा पर्ने जनकपुरधाम–ढल्केवर राजमार्गमा दुई पक्षबीच विवाद हुँदा ७० वर्षीय भोला ठाकुर बरहीको मृत्यु भएपछि परिवारजनले हत्या गरेको दाबीसहित प्रहरी पुगेका छन् ।

जग्गा सम्बन्धी विवादमा बटेश्वर गाउँपालिका वडा नं. ५ शान्तिपुरका सुनिल साहले कोदालोले प्रहार गर्न भन्दै धक्काधुक्की दिएपछि उनको तत्कालै मृत्यू भएको जनाइएको छ । 

यद्यपि अर्को पक्षले होहल्ला मात्रै भएको र कुटपिट नभएको दाबी गर्दै आएका छन् । अहिले मृतक भोलाको शव पोस्टर्माटमका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको छ । प्रहरी घटनास्थल पुगेर मुचुल्का उठाएको डीएसपी गौतमले बताए । मृतक भोलाका छोरा श्याम शर्माले इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरमा जाहेरी दिएका छन् । उनले सुनिल साह र अनिल चौधरीलाई विपक्षी बनाइ ज्यान मार्ने सम्बन्धी मुद्दा दर्ताका लागि जाहेरी दिएको बताएका छन् । जाहेरी परेको प्रहरीले पनि पुष्टी गरे । तर यस विषयमा आवश्यक अनुसन्धान गरी मात्रै आरोपिमाथि मुद्दा चलाउने प्रहरीको तयारी छ । पोष्टमार्टमको रिर्पोटपछि मात्र अनृुसन्धानको प्रक्रिया निष्कर्षमा पुग्न सक्ने प्रहरीको कथन छ । 

इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा सयौं स्थानीय वासिन्दाहरुले मुद्दा दर्ताको माग गर्दै प्रदर्शनसमेत गरेका थिए । उनीहरुले ठाकुरको हत्यामा साह र चौधरीको संलग्नता रहेको आरोप लगाएका छन् ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

कलैया यातायात कार्यालयबाट भोलीदेखि स्मार्ट लाईसेन्स वितरण सुरु हुने

  • २०८० असार ८ शुक्रबार

न्यूज ब्यूरो, कलैया । यातायात व्यवस्था कार्यालय कलैयाले भोलि (बैशाख १७ गते) देखि सवारी चालक अनुमति पत्र (लाइसेन्स) को स्मार्ट कार्ड वितरण सुरु गर्ने भएको छ। कार्यालयका अनुसार नयाँ जारी, श्रेणी

पूरा पढ्नुहोस्

Bureau Menus