जनकपुरः IME मनि ट्रान्सफरबाट चोरी गर्ने दुई युवक पक्राउ
उनीहरुको साथबाट चोरी कार्यमा प्रयोग गरेका कटर, फलामको रड, हतौरा समेत बरामद भएकोमा बरामद भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । दुवै जनालाई पक्राउ गरी यस कार्यालयमा ल्याई चोरी मुद्दा शिर्षकमा म्याद लिई थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।

२०८० असार ६ बुधबार, बेलुकी ६:१० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । आईएमई मनि ट्रान्सफरबाट चोरी गर्ने दुई युवकलाई धनुषा प्रहरीले पक्राउ गरेको छ । मँगलबार राती १० बजेको समयमा धनुषाको बालगँगास्थित चोकबाट आईएमईबाट चोरी गरेका दुवै जनालाई सार्वजनिक गरिएको हो ।
धनुषाको हँसपुर नगरपालिका वडा नं. ९ बालगँगाचोकमा स्थानीय राजेश्वर मण्डलले सँचालन गरेको आईएमई एक्सप्रेस रेमिटयान्सको कोठा फोडेर विभिन्न समानहरु चोरी गरेको आरोपमा दुई जनालाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा हँसपुर नगरपालिका वडा नं. ९ बस्ने बर्ष २० को जीवन ठाकुर र बर्ष २१ को अजय महरा रहेका छन् । उनीहरुलको साथबाट चोरीको ल्यापटप, प्रिन्टर, किबोर्ड समेत बरामद भएको हो ।
राती चोरी गरेर बिहान बालगँगा चोकमै घुमिरहेको उनीहरुलाई इलाका प्रहरी कार्यालय औरहीबाट खटेको टोलीले पक्राउ गरेको हो । उनीहरुले चोरी गरेका ल्यापटप, प्रिन्टर, किबोर्ड र अन्य समानहरु पशु विकास कार्यालयको ग्राउण्डमा माटोमुनी गाडेका थिए ।
उनीहरुको साथबाट चोरी कार्यमा प्रयोग गरेका कटर, फलामको रड, हतौरा समेत बरामद भएकोमा बरामद भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । दुवै जनालाई पक्राउ गरी यस कार्यालयमा ल्याई चोरी मुद्दा शिर्षकमा म्याद लिई थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…