हँसपुरमा जनजाती सुविधाको लागि मेयरमाथि पूर्वमेयरको आन्दोलन
पूर्व मेयर मण्डलसहित आदिवासी जनजाती महासंघ हँसपुरले समेत पटक पटक नगर प्रमुख यादवलाई ध्यानाकर्षण गराएपनि वास्ता नगरेको आरोप छ । सेवा सुविधा प्रवाहको लागि निरन्तर दबाब र ध्यानकर्षण गराएपनि चासो नलिएको भन्दै बाध्य भएर आन्दोलनमा उत्रिनु परेको पूर्व मेयर मण्डलले बताए ।

२०८० असार ५ मंगलबार, बिहान ८:११ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको हँसपुर नगरपालिकाका पूर्व मेयर रामज्ञान मण्डलले आदिवासी जनजाती हकहितको लागि वर्तमान मेयर प्रदिप यादवलाई दबाब दिएका छन् ।
आफ्नै कार्यकालमा जनजाती अन्तर्गत पर्ने जातजातीहरुलाई स्थानीय सरकारको हैसियतले सूचिकृत गरिसकेको अवस्थामा वर्तमान मेयर यादवले जनजाती सुविधाहरु नदिएपछि आन्दोलन सुरु गरिएको छ ।
सोमबार हँसपुर नगरपालिका पुगेका पूर्व मेयर मण्डलको टोलीले नगर प्रमुख प्रदिप यादवलाई तिनदिने अल्टिमेटम दिएका छन् । स्थानीय सरकारको राजपत्रमा अमात, कुम्हार, कुर्मी, केवट, भेडिहर, विन्द, मलाह, माली र बरही लगायतका जातजातीलाई आदिवासी जनजाती अन्तर्गत सूचिकृत गर्दा पनि नेपाल सरकारबाट पाउने सुविधा, कोटाहरु नदिन थालेपछि आन्दोलनमा उत्रिएको हो ।
पूर्व मेयर मण्डलसहित आदिवासी जनजाती महासंघ हँसपुरले समेत पटक पटक नगर प्रमुख यादवलाई ध्यानाकर्षण गराएपनि वास्ता नगरेको आरोप छ । सेवा सुविधा प्रवाहको लागि निरन्तर दबाब र ध्यानकर्षण गराएपनि चासो नलिएको भन्दै बाध्य भएर आन्दोलनमा उत्रिनु परेको पूर्व मेयर मण्डलले बताए ।
यता, मेयर प्रदिप यादवले सूचिकृत भएका जातजातीहरुको लागि कानुनसंवत सेवा प्रवाहको लागि आवश्यक सबै सहयोग गर्ने प्रतिवद्धता जाहेर गरे । महासंघको ज्ञापन पत्र बुझ्दै मेयर यादवले यसको लागि प्रमुख जिल्ला अधिकारीसँग तुरुन्त आवश्यक सहयोग र सहजीकरण गरि दिन हुन अनुरोध गरेको बताए |

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…