जनकपुरः शिक्षा कार्यालय धनुषाका प्रमुख शर्मामाथि कालोमोसो
औरही गाउँपालिकाको झिटकहियास्थित रहेको मावि विद्यालयको प्रधानाध्यापक प्रकरणमा शर्मालाई कालोमोसो दलिएको बुझिएको छ । यद्यपी, यसको पुष्टि भईसकेको छैनन् ।

२०८० असार १ शुक्रबार, बेलुकी ६:२८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । शिक्षा विकास तथा समन्वय इकाई धनुषाका प्रमुख आयुक्त प्रसाद शर्मालाई कालोमोसो दलिएको छ ।
शुक्रबार दिउँसो दर्जन व्यक्तिको समूहमा प्रमुख शर्माको कार्यकक्षमा पुगेका युवाहरूले उनीमाथि कालोमोसो दलेका हुन् । यद्यपि कालोमोसो दल्नेहरूको पहिचान भने खुल्न सकेको छैन ।
यता, जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमले प्रमुख शर्मामाथि कालोमोसो दल्नेहरूको पहिचान भइसकेको र उनीहरूको खोजी कार्य जारी रहेको जानकारी दिएका छन् ।
उनले सिसीटिभी भुटेको आधारमा उनीहरूको खोजी भइरहेको बताए । शिक्षकको सरुवामा घुस खाएको भन्दै शर्मालाई कालोमोसो दलिएको स्रोतले जनाएको छ ।
औरही गाउँपालिकाको झिटकहियास्थित रहेको मावि विद्यालयको प्रधानाध्यापक प्रकरणमा शर्मालाई कालोमोसो दलिएको बुझिएको छ । यद्यपी, यसको पुष्टि भईसकेको छैनन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…