१० बर्षे जनयुद्धमै हुर्केकी शहिदकी छोरी मन्त्री 'सुनिता यादव'
काम को सन्दर्भमा ,संसदीय दलको नेताले असहयोग गर्ने ,केही नेता का भाटले जथाभावी सामाजिक संजाल मा लेख्ने गरेको देखिरहेको छु।पुर्ववर्ती सरकारले बनाएको बजेट लाई कार्यान्वयन बाहेक अहिले यो मन्त्री ले के गर्न सक्छ ? गर्न खोज्दा कहिले फिर्ता बोलाउने निर्णय गरेर बबण्डर मच्चाउदा रकमान्तर को काम अर्थ मन्त्री ,मुख्य मन्त्री ले गरिदिएन।नयाँ आर्थिक बर्ष को निति ,कार्यक्रम ,बजेट र कार्यान्वयन भए पछि उहाँको क्षमताको परिक्षण हुन्छ।

२०८० जेठ ३१ बुधबार, राति ८:१६ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । १० बर्षे जनयुद्धको खण्डमा परिवार गुमाएकी मधेश प्रदेशकी उद्योग वाणिज्य तथा पर्यटनमन्त्री सुनिता यादवको आफ्नो बेग्लै रुतवा छ । मधेश प्रदेशका ईमान्दार मन्त्रीहरुमध्ये सुनिता यादव पनि एक हुन् ।
१० बर्षे जनयुद्धको क्रममा बुवा र श्रीमान समेत गुमाएकी मन्त्री सुनिता यादव निडर र साहसी नारीको एक उदाहरणको रुपमा स्थापित भएकी पात्र हुन् । शहिद रामवृक्ष यादवकी कान्छी छोरी उनको पुरै परिवार नै जनयुद्ध लडेको ब्याकग्राण्ड हो ।
मधेश प्रदेशको सरकारमा नेकपा माओवादी केन्द्रबाट सामेल भएकी उनलाई हटाउनको लागि पार्टीको निर्णयप्रति पार्टीकै पदाधिकारीहरुले विरोध जनाएका छन् । कसैको दानमा पद नपाएकी मन्त्री सुनिता यादवलाई हटाउन दबाब दिन थालेपछि माओवादीका युवा नेताहरुले पार्टीलाई हातखुट्टा सम्हाल्न चेतावनी पनि दिएको छ ।
मन्त्री बनाउने र बिचमै हटाएर संगठन निरासा तथा विस्थापित गर्ने जस्ता परम्पराको अन्त गर्न जनयुद्ध लडेका पूर्व लडाकु एवम् माओवादीका युवा नेता अनिल कुमार पासवानले माग गरेका छन् । मन्त्री यादवलाई बलपूर्वक र जबरदस्ती राजीनामा गराउन लागेको भन्दै पासवानले यस्ता परम्पराको अन्त्य गर्न अडान लिएका छन् ।
सोही क्रममा पूर्व केन्द्रीय कृषिमन्त्री उमेश कुमार यादवले मन्त्री सुनिता यादव आफैं जनयुद्धमा सामेल भएको क्याडर रहेको बताएका छन् । सप्तरीमा कार्यक्षेत्र हुँदा उनको श्रीमानले सहादत दिएको औल्याउँदै पूर्वमन्त्री यादवले सुनिता यादव कसैले मुफ्तमा दिएको अवसर नलिएको उल्लेख गरेका छन् ।
समाजिक सँजाल फेसबुकमा लेख्दै पूर्वमन्त्री यादवले श्रीमानको सहादत पश्चात पनि अबिचलित भइ निरन्तर क्रान्तिका मोर्चामा लागिरहने एक असल कमाण्डरको रुपमा साबित भएको बताएका छन् ।
उनले लेखेका छन् –“सुनिता कमरेड आफैं जनयुद्ध मा सामेल भएको क्याडर हुन।सप्तरी मा कार्यक्षेत्र हुँदा उहाँको श्रीमान को सहादत भयो ।अबिचलित भइ निरन्तर क्रान्तिका मोर्चा मा लागिरहनु भयो ।तपाईं ,हाम्रो घरमा दिदीबहिनी छन् ,हामीले आफ्नै घर बाट कार्यकर्ता बनाउन कति सक्यौं त? पार्टी मा कुनै योगदान नै न भएको तर कसैको श्रीमती ,बहिनी ,छोरी भएको कारणले प्रतिनिधि सभा ,प्रदेश सभा तथा पालिका मा लिएको अवसर जस्तो सुनिता ले अवसर लिएको होइन ।
काम को सन्दर्भमा ,संसदीय दलको नेताले असहयोग गर्ने ,केही नेता का भाटले जथाभावी सामाजिक संजाल मा लेख्ने गरेको देखिरहेको छु।पुर्ववर्ती सरकारले बनाएको बजेट लाई कार्यान्वयन बाहेक अहिले यो मन्त्री ले के गर्न सक्छ ? गर्न खोज्दा कहिले फिर्ता बोलाउने निर्णय गरेर बबण्डर मच्चाउदा रकमान्तर को काम अर्थ मन्त्री ,मुख्य मन्त्री ले गरिदिएन।नयाँ आर्थिक बर्ष को निति ,कार्यक्रम ,बजेट र कार्यान्वयन भए पछि उहाँको क्षमताको परिक्षण हुन्छ।
ठुला नेताहरुपनि मधेस बाट मन्त्री भएको र उहाँहरु को व्यबहार भोगेका छौँ ।यो भन्दा अगाडि प्रदेका मन्त्री को व्यबहार भोगेका छौं ।"
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…