खजुरी माविका हेडमास्टर हरिलाल सहनीले लाखौँ भ्रष्टाचार गरेको आरोप, सडकमा स्थानीय
सोही जुलुसमा सहभागी राउतले प्रअ हिरालाल सहनीले विद्यार्थीहरुको लागि आएको रकम, विद्यालय विकासको लागि आएको रकम हिनामिनाको साथै ठेकेदारी समेत आफैँ गर्न थालेपछि शिक्षा क्षेत्र शर्मसार भएको प्रतिक्रिया दिए । सहनीलाई सो विद्यालयबाट हटाउन उनीहरु सडकमा उत्रेका छन् ।

२०८० जेठ ३० मंगलबार, बिहान ८:२४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको जनकनन्दिनी गाउँपालिकाको एक समुदायिक विद्यालयका प्रधानाध्यापकले लाखौँ रुपैयाँ भ्रष्टाचार गरेको भन्दै उनलाई सो विद्यालयबाट भगाउन माग उठेको छ ।
जनकनन्दिनी गाउँपालिका वडा नं. ४ खजुरीस्थित रहेको मावि खजुरी (जुनियर) का प्रधानाध्यापक हरिलाल सहनीले विभिन्न शिर्षकको लाखौँ रुपैयाँ हिनामिना गरेको आरोपसहित प्रदर्शन गरिएको छ ।
खजुरीका स्थानीयहरुले प्रधानाध्यापक सहनी विरुद्ध मूर्दावाद र हेडमास्टर चोर, भ्रष्टाचारीको नारा लगाउँदै उनलाई सो विद्यालयबाट हटाउन माग गरेको हो ।
विद्यालयमा आउने सरकारी रकम, स्थानीय तहबाट उपलब्ध हुने रकम गरी करिब ८९ लाख रुपैयाँको हिनामिना गरेको आरोप लगाईएको छ ।
विगत २० बर्षदेखि सो विद्यालयमा भ्रष्टाचारको सीमा नाघेको बताइएको छ । प्रअ सहनीले करिब ९० लाख रुपैयाँको हिनामिना गरी शिक्षा क्षेत्रलाई नै भ्रष्टाचारको अखाडा बनाएको आरोप विपिन राउतले लगाए ।
सोही जुलुसमा सहभागी राउतले प्रअ हरिलाल सहनीले विद्यार्थीहरुको लागि आएको रकम, विद्यालय विकासको लागि आएको रकम हिनामिनाको साथै ठेकेदारी समेत आफैँ गर्न थालेपछि शिक्षा क्षेत्र शर्मसार भएको प्रतिक्रिया दिए । सहनीलाई सो विद्यालयबाट हटाउन उनीहरु सडकमा उत्रेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…