सिके राउतप्रति क्रेजः पूर्वमन्त्री बेगमसहित हजार बढी जनमत पार्टीमा प्रवेश
शनिबारको कार्यक्रममा पर्सा जिल्लाका १४ वटैपालिकाका गरी १ हजार १ सय भन्दा नेता कार्यकर्ता विभिन्न पार्टी परित्याग गरी जनमत पार्टीमा प्रवेश गरेको जनमत पार्टीका पर्सा जिल्ला संयोजक ओमप्रकाश सर्राफले बताए।

२०८० जेठ २८ आइतबार, बिहान ९:२७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, वीरगँज । पर्सामा जनमत पार्टीमा प्रवेश गर्नेहरूको लहर बढेको छ। वीरगन्जमा शनिबार आयोजित बृहत् पार्टी प्रवेश कार्यक्रममा पूर्व राज्यमन्त्री, संविधानसभा सदस्य, पूर्व प्रदेशसभा सदस्यका साथै मधेस आन्दोलनका चर्चित नेताहरू जनमत पार्टीमा प्रवेश गरेका छन्।
जनमत पार्टीमा प्रवेश गर्नेहरूमा पूर्व कृषिराज्य मन्त्री एवं संविधानसभा सदस्य करिमा बेगम, नेकपा एकीकृत समाजवादीका नेता एवं पूर्व प्रदेशसभा सदस्य प्रहलाद गिरि, लोसपाका केन्द्रीय सदस्य शशीकपुर मियाँ, नेकपा माओवादीका केन्द्रीय सदस्य सिपु तिवारी, लोसपाका नेता सुधिरनाथ पाण्डे, युवा नेताहरू मनोज यादव, विकास चौधरीसहित सयौं नेता कार्यकर्ताहरू रहेका छन्।
कार्यक्रममा उनीहरूलाई जनमत पार्टीका अध्यक्ष डाक्टर सिके राउतले फूलमाला लगाउनुको साथै पार्टीको सदस्यता प्रदान गरी पार्टीमा स्वागत गरे।
शनिबारको कार्यक्रममा पर्सा जिल्लाका १४ वटैपालिकाका गरी १ हजार १ सय भन्दा नेता कार्यकर्ता विभिन्न पार्टी परित्याग गरी जनमत पार्टीमा प्रवेश गरेको जनमत पार्टीका पर्सा जिल्ला संयोजक ओमप्रकाश सर्राफले बताए।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…