जनकपुरको विद्यालयहरुमा गर्मी विदा थपियो, अब कहिलेदेखि खुल्छ ?
जनकपुरधाम उपमहानगरपालिकाको शिक्षा शाखाले जारी गरेको सूचनामा वर्तमान मौसमलाई मध्यनजर गर्दै जनकपुरधामभित्रको सबै विद्यालयहरु जेठ ३० गतेसम्म बन्द रहने भएको छ । जेठ ३१ गतेदेखि विद्यालय खोलिने उल्लेख छ ।

२०८० जेठ २६ शुक्रबार, बेलुकी ७:४५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुर लगायत तराई मधेशको जिल्लाहरुमा अत्यधिक गर्मी बढेपछि विद्यालयमा गर्मी विदा दिइएको छ ।
जनकपुरधाम उपमहानगरपालिकाले यसअघि २९ गतेदेखि विद्यालय सँचालन हुने भनेकोमा गर्मी अत्यधिक बढदै जाँदा पुनः तीन दिनको विदा थप गरेको हो ।
जनकपुरधाम उपमहानगरपालिकाको शिक्षा शाखाले जारी गरेको सूचनामा वर्तमान मौसमलाई मध्यनजर गर्दै जनकपुरधामभित्रको सबै विद्यालयहरु जेठ ३० गतेसम्म बन्द रहने भएको छ । जेठ ३१ गतेदेखि विद्यालय खोलिने उल्लेख छ ।
यद्यपी, मौसमको पारा उस्तै रहे विद्यालय बन्दको निरन्तरतालाई जारी राख्ने सँकेत देखिएको छ । धनुषाको सबै विद्यालयहरु अहिले बन्द रहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…