जनकपुरः अत्यधिक गर्मीको कारण एक महिलाको मृत्यू
विगत केही दिनदेखि तराई मधेशका अत्यधिक गर्मी बढेको छ । दिनमा ४३ डिग्रीसम्म तापक्रम जाने गरेको छ । अत्यधिक गर्मीको कारण विद्यालयहरु समेत बन्द गरिएको छ ।

२०८० जेठ २५ बिहीबार, बेलुकी ५:३५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधाम क्षेत्रस्थित अत्यधिक गर्मीका कारण एक महिलाको मृत्यू भएको छ ।
विहिबार दिउँसो करिब २ बजेको समयमा धनुषाको मिथिलाबिहारी नगरपालिका वडा नं. ३ मिथिलेश्वर मौवाही बस्ने चन्दर पण्डितकी ५५ बर्षिय श्रीमति सीतादेवी पण्डितको मृत्यू भएको छ ।
विहिबार दिउँसो भएको अत्यधिक गर्मीको साथै चलेको गरम हावाको कारण उनको मृत्यू भएको बताईएको छ । आफ्नै घरमा बसिरहेको अवस्थामा सीतादेवी अचानक लु लागेर ढलेको जनाइएको छ ।
विगत केही दिनदेखि तराई मधेशका अत्यधिक गर्मी बढेको छ । दिनमा ४३ डिग्रीसम्म तापक्रम जाने गरेको छ । अत्यधिक गर्मीको कारण विद्यालयहरु समेत बन्द गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…