जनकपुरः सयौँ प्रहरीको बीचबाटै शिक्षकको मोटरसाईकल चोरी
सो सन्दर्भमा जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता बेद प्रसाद गौत्तमलाई जानकारी गराइएको छ । सोही कार्यक्रमस्थलमै जानकारी गराएपछि डिएसपी गौत्तमले तत्कालै कोर्डलेस मार्फत सूचना प्रवाह गरी मोटरसाईकल चोरीको घटना प्रसारित गरे । उनले मोटरसाईलकको नम्बर र मोडेल अनुसार शंका लागे पक्राउ गर्न आदेश दिए ।

२०८० जेठ २० शनिबार, बिहान ११:११ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित सयौँ प्रहरीको बीचबाट एक शिक्षकको मोटरसाईकल चोरी भएको छ ।
शनिबार जिल्ला विपद व्यवस्थापन समितिले आयोजना गरेको विपद अभ्यास कार्यक्रमको क्रममा उपस्थिति सयौँ सुरक्षाकर्मीहरुको बीचबाटै शिक्षकको मोटरसाईकल चोरी भएको हो ।
जनकपुरधामको गँगासागरमा सुरक्षाकर्मीहरुले विपद व्यवस्थापनको अभ्यास प्रदर्शन गरिरहँदा सोही कार्यक्रममा सरिक हुन पुगेका धनुषा शहिदनगर नगरपालिका वडा नं. ४ महुलिया माविका प्रधानाध्याक धीरेन्द्र कुमार झा (डिके झा) को मोटरसाईकल चोरी भएको हो ।
गँगासागरस्थित सयौँ मोटरसाईलको बीचमा राखिएको ज १२ प ३३३ नम्बरको होण्डासाईन मोटरसाईकल चोरी भएको हो । धनुषाका प्रहरी प्रमुख, प्रवक्ता, प्रमुख जिल्ला अधिकारी, सशस्त्रका एसपी, सेनाका प्रमुखहरुको उपस्थिति रहेको सो कार्यक्रमबाटै मोटरसाईकल गायब भएको हो ।
सो सन्दर्भमा जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता बेद प्रसाद गौत्तमलाई जानकारी गराइएको छ । सोही कार्यक्रमस्थलमै जानकारी गराएपछि डिएसपी गौत्तमले तत्कालै कोर्डलेस मार्फत सूचना प्रवाह गरी मोटरसाईकल चोरीको घटना प्रसारित गरे । उनले मोटरसाईलकको नम्बर र मोडेल अनुसार शंका लागे पक्राउ गर्न आदेश दिए ।
डिएसपी गौत्तमले चारैतर्फ प्रहरी परिचालन गरिसकेको बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…