अदालतले रोक्का गरेको जमिनमा मेयर यादवको डोजर
सो जमिनमा डोजर नचलाउन, बाटो नबनाउन ईलाका प्रहरी कार्यालय यदुकूहालाई समेत उजुरी दर्ता गराएकोमा ईलाका प्रहरीले समेत आदेश कार्यन्वयन गराउनुको साटो प्रतिनीधि पक्षबाट सहयोग गरेको पाण्डवको आरोप छ ।

२०८० जेठ १९ शुक्रबार, राति ८:१६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाका नगर प्रमुख दिनेश प्रसाद यादवले अदालतको आदेशलाई नमान्दै सडक निर्माण कार्य अगाडी बढाएका छन् ।
उच्च अदालत जनकपुरले शहिदनगर नगरपालिका वडा नं. २ चोराकोयलपुरस्थित रहेको स्थानीय पाण्डव यादवको जग्गा अतिक्रमण गरी सार्वजनिक सडक निर्माण गर्न निषेधाज्ञा लगाएको अवस्थामा मेयर यादवले डोजर चलाएका हुन् ।
सो सडकखण्डमा बाटो निर्माणको लागि मेयर यादवले पाण्डवको नीजि जग्गा अतिक्रमण गरी सडक निर्माण गर्न लागेपछि यादवले अदालत गुहारेका थिए । अदालतले सो जग्गामा अन्तिम निर्णय नभएसम्म कुनै कार्य नगराउन अन्तरिम आदेश दिएपनि मेयर यादवले अटेर गरी बाटो खनाएका छन् ।
मेयर यादवले सार्वजनिक बाटो निर्माणको लागि सबैको सहमति भएको अवस्थामा पाण्डव यादवले मात्र बाटो अवरुद्ध गर्नु अनुचित रहेको बताए । उनले पाण्डव लगायत दर्जनौ जनाको केही जमिन सडकमा परेको बताउँदै उनीहरुकै लागि सडक निर्माण गर्दा पाण्डवले निहुँ खोजेको बताए ।
सो जमिनमा डोजर नचलाउन, बाटो नबनाउन ईलाका प्रहरी कार्यालय यदुकूहालाई समेत उजुरी दर्ता गराएकोमा ईलाका प्रहरीले समेत आदेश कार्यन्वयन गराउनुको साटो प्रतिनीधि पक्षबाट सहयोग गरेको पाण्डवको आरोप छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…