जनकपुरको नैना हस्पिटलद्धारा विद्यालयमा बालबालिकाहरुको रक्त समूह जाँच
निःशुल्क शिविरमा विद्यालयको ४०६ जना बालबालिकाहरुको ब्लड ग्रुप चेकजाँच गरिएको थियो । जसमा ए पोजिटिभ १०३ जना, बि पोजिटिभ ११० जना, ए.बि. पोजिटिभ १७० जना, ओ पोजिटिभ ३ जना र ओ नेगेटिभ १ जना पाईएको थियो ।

२०८० जेठ १६ मंगलबार, बिहान ७:३१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिका वडा नं. १ स्थित एक विद्यालयमा बालबालिकाहरुको रक्त समूह चेकजाँच गरिएको छ ।
जनकपुरधामस्थित सँचालनमा रहेको नैना हस्पिटलको र दिव्य क्लीनिकको समन्वयमा विद्यार्थीहरुको निःशुल्क ब्लड ग्रुप चेकजाँच गरिएको हो । उनीहरुको रक्त समूह समेत छुटयाइएको हो ।
वडा नं. १ बालाबाखरस्थित रहेको ज्ञान बर्दन ईङगलिस बोर्डिङग स्कूलको आयोजना तथा नैना हस्पिटलको समन्वयमा बालबालिकाहरुको ब्लड ग्रुप छुटयाइएको हो ।
निःशुल्क शिविरमा विद्यालयको ४०६ जना बालबालिकाहरुको ब्लड ग्रुप चेकजाँच गरिएको थियो । जसमा ए पोजिटिभ १०३ जना, बि पोजिटिभ ११० जना, ए.बि. पोजिटिभ १७० जना, ओ पोजिटिभ ३ जना र ओ नेगेटिभ १ जना पाईएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…