सिरहाः मोटरसाईकलमा आएका युवायुवतिले अस्पतालकै अगाडी नवजात शिशु फालेर भागे
केटियम बाईकमा सवार युवायुवति जिवित शिशुलाई प्रादेशिक अस्पतालको गेटमा फालि फरार भएको अस्पतालका कर्मचारीहरुले बताएका छन् । अहिले अस्पतालले जिम्मा लिएर हेरचाह गरिरहेको छ ।

२०८० जेठ १३ शनिबार, बेलुकी ६:५८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहामा गएराति अस्पतालकै अगाडी एक नवजात शिशुलाई फालेर भागेको छ । मोटरसाइकल सवार महिला पुरुषले नवजात शिशुलाई लहानको प्रादेशिक अस्पतालको गेट अगाडि फालेर भागेको हो ।
सिरहा जिल्लाको लहान नगरपालिकामा रहेको प्रादेशिक अस्पताल लहान सिरहाको गेटमा एक नवजात शिशु शुक्रबार राति करिब १२ बजे फालिएको अवस्थामा फेला परेको छ ।
अस्पतालकै एक गार्ड डियुटीमा खटिएको बेला पेट्रोलिङ्गको क्रममा अस्पतालको गेटमा बच्चा रोएको अवाज सुनिएपछि गार्डले डाक्टरलाई बोलाएका थिए
। सो छोरी शिशुलाई अस्पतालकै जिम्मामा राखिएको छ ।
केटियम बाईकमा सवार युवायुवति जिवित शिशुलाई प्रादेशिक अस्पतालको गेटमा फालि फरार भएको अस्पतालका कर्मचारीहरुले बताएका छन् । अहिले अस्पतालले जिम्मा लिएर हेरचाह गरिरहेको छ ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…