केन्द्र सरकारमा जसपाबाट महतो र यादव बने मन्त्री
आज मङ्गलवार जसपाका वीरेन्द्रप्रसाद महतो वन तथा वातावरण मन्त्री र प्रमिला कुमारी शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री बन्नुभएको छ । जसपाबाट यसअघि नै अशोककुमार राई शिक्षामन्त्री हुनुहुन्छ ।

२०८० जेठ ९ मंगलबार, राति ८:०६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । पाँच महिनापछि सङ्घीय मन्त्रिपरिषद्ले बल्ल पूर्णता पाएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनता समाजवादी पार्टी (जसपा) का दुई जना सांसदलाई मन्त्री नियुक्त गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको हो ।
गएको पुस १० गते नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीसहितका दलको समर्थनमा प्रधानमन्त्री बन्नुभएका प्रचण्डले एमाले सरकारमा रहुन्जेल सरकारलाई पूर्णता दिन सक्नुभएको थिएन भने एमाले सरकारबाट बाहिरिएर कांग्रेस सहभागी भएपछि पनि सरकारले पूर्णता पाएको थिएन ।
आज मङ्गलवार जसपाका वीरेन्द्रप्रसाद महतो वन तथा वातावरण मन्त्री र प्रमिला कुमारी शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री बन्नुभएको छ । जसपाबाट यसअघि नै अशोककुमार राई शिक्षामन्त्री हुनुहुन्छ ।
नवनियुक्त मन्त्रीहरूको आजै शपथ ग्रहण समेत गरेका छन् । योसँगै सरकारमा मन्त्रीको सङ्ख्या २५ जना पुगेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…