एकिकृत सरकारी कर्मचारी सँगठनको अध्यक्षमा गोईत, महासचिव बने रोहिता
कार्य समितिको निर्णय अनुसार अन्य ५ पद रिक्त रहेको अवस्थामा सँगठनको नियम अनुसार पूर्ति गरिने जनाइएको छ । शनिबार नै नयाँ पदाधिकारीहरुलाई निर्वाचन समितिका सँयोजकबाट सपथ ग्रहण समेत गराइएको हो ।

२०८० जेठ ७ आइतबार, बिहान ९:२५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । एकिकृत सरकारी कर्मचारी सँगठनको अध्यक्षमा तुलाकृष्ण गोईत चयन भएका छन् । शनिबार मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित मधेश प्रदेश कार्य समितिको अधिवेशनबाट गोईतले अध्यक्षको नेतृत्व सम्हालेका छन् ।
शनिबार जनकपुरस्थित भएको सँगठनको प्रथम अधिवेशनबाट महासचिवको पद सुरेश रोहिताले पाएका छन् । सँगठनप्रतिको लगाव र कार्य सम्पादनको आधारमा रोहितालाई महासचिवको जिम्मेवारी तोकिएको हो ।
सम्पूर्ण सरकारी कर्मचारीहरु एक जुट होऔँ नारा सहित जनकपुरमा भएको मधेश प्रदेश कार्य समितिको प्रथम अधिवेशनबाट रोहितालाई महासचिवको जिम्मेवारी दिएको हो । उनलाई सर्व सहमतिबाट महासचिवको जिम्मेवारी दिइएको हो ।
कार्य समितिको उपाध्यक्षमा निरेन्द्र कुमार चौधरी, रमेश प्रसाद यादव र सुशिला कुमारी सिँहलाई चयन गरिएको छ । सँगठनको सचिवमा मनोहर मुखिया, चन्द्रभुषण साह र रेणु यादवलाई चयन गरिएको हो ।

सँगठनको कोषाध्यक्षमा नवनित कुमार झालाई चयन गरिएको छ । सदस्यहरुमा बीरेन्द्र प्रसाद साह, अनिता कुमारी महतो, सरोज कुमार साह, धर्मेन्द्र गोईत, बसन्त झा, मनोज साह, श्याम मण्डल, सुरेश यादव, राजु राय यादव, लावण्य गौतम, प्रमोद मण्डल, सत्यनारायण पण्डित, मनोहर पण्डित, चन्द्रदेव शर्मा, दिलिप कुमार यादव लगायतलाई चयन गरिएको हो ।
कार्य समितिको निर्णय अनुसार अन्य ५ पद रिक्त रहेको अवस्थामा सँगठनको नियम अनुसार पूर्ति गरिने जनाइएको छ । शनिबार नै नयाँ पदाधिकारीहरुलाई निर्वाचन समितिका सँयोजकबाट सपथ ग्रहण समेत गराइएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…