वडाध्यक्ष यादवले सर्वसाधारण कुटाए, पार्टीको कार्यकर्ता घर बचाउन गरिबलाई कुटपिट
शनिबार बिहान भएको करीब १० वजे सडक निर्माणको विषयमा भएको विवादमा स्थानीय ५ वर्षीया तेतरी खातुन र उनका २८ वर्षीय छोरा मोमजात कवारी गम्भीर घाइते भएका छन् । घाइतेद्वयको उपचार प्रादेशिक अस्पताल जनकपुरधाम भइरहेको छ ।

२०८० जेठ ७ आइतबार, बिहान ९:११ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । महोत्तरीमा एक वडाध्यक्षले आफ्नो पार्टीको कार्यकर्ताको घर बचाउन एक गरिब परिवारलाई कुटपिट गराएको आरोप छ ।
महोत्तरीको लोहारपट्टी नगरपालिका वडा नं. ३ महदैयामा सडक निर्माणको विषयमा सोही वडाका वडाध्यक्ष रामजी यादवले आफ्नो कार्यकर्ताको घर बचाउन नियम विपरित गरिबको जग्गामा सडक बनाउन थालेपछि विवाद हुदाँ दुई जना गम्भीर घाइते भएका छन् ।
शनिबार बिहान भएको करीब १० वजे सडक निर्माणको विषयमा भएको विवादमा स्थानीय ५ वर्षीया तेतरी खातुन र उनका २८ वर्षीय छोरा मोमजात कवारी गम्भीर घाइते भएका छन् । घाइतेद्वयको उपचार प्रादेशिक अस्पताल जनकपुरधाम भइरहेको छ ।
साविकको सडकलाई छोडर हाम्रो निजी जग्गा अतिक्रमण हुने गरी सडक निर्माण गरिहेको र सोको विरोध गर्दा आफूहरुलाई स्थानीय जयनुल कवारी ,फुल मोहम्मद, काले कवारी, सैमा कवारीसहितले मिलेर कुटपिट गरी घाइते बनाएको कवारीले बताए ।
केही खास व्यक्तिलाई फाइदा पुग्ने उद्देश्यले साविकको सडकलाई छोडेर कुनै व्यक्तिलाई मार्का पर्ने गरी सडक निर्माण नगर्न नगराउन उच्च अदालत जनकपुरलेसमेत निषेधाज्ञा जारी गरेको अवस्थामा सो वडाका वडाध्यक्ष यादवको आदेशमा पुनः सडक निर्माणको कार्य शुरु भएपछि विरोध गर्दा आफूहरुलाई कुटपिट गरिएको उनले आरोप लगाए ।
उच्च अदालत जनकपुरधामका न्यायाधीश सागर विष्टको ईजलासले सो वडाका कित्ता नम्बर ७३७ मा भएर तत्काल सडक निर्माण नगर्न नगराउन जेठ ४ गते अन्तरिम आदेश जारी गरेको छ । तर अदालतको आदेशको समेत अवज्ञा गरी वडाध्यक्ष यादवको निर्देशनमा सडक निर्माण भइरहेको घाइतेका दाइ सौकत अली राइनले बताए ।
जयनुल कवारीसहितले भाइ र आमालाई घरमा थुनेर मरणासन्न हुने गरी कुटपिट गरेको उनले बताए । उनले अदालतको आदेशको अटेरी गर्ने वडा अध्यक्ष रामजी यादवमाथि कारबाहीको माग गरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…